ओलीले सातै प्रदेशका सबै मुलीलाई यसरी दिदैछन् प्रवचन,यस्ता छन छलफलका बिषय



हाम्रो इकोनोमि

प्रदेश सरकार सञ्चालनमा विभिन्न कठिनाई भइरहेको गुनासो आइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै गरिहेका छन् ।

सातै प्रदेशकासिंहदरबारमा भइरहेको छलफलमा सातै प्रदेशका मुख्यमन्त्रीसहित सचिवहरुको उपस्थिति छ । छलफलका लागि सबै प्रदेशका मुख्यमन्त्रीलाई मंगलबार नै काठमाडौं आएका थिए ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहाकार विष्णु रिमालका अनुसार प्रदेश सरकार सञ्चालनमा आइपरेका समस्या समाधानबारे पहिलो पटक संयुक्त छलफल केन्द्रित छ ।

सातै प्रदेशकाछलफलमा प्रदेश सरकार सञ्चालनका विज्ञ पनि सामेल भएका छन् । यस अघि प्रधानमन्त्री ओलीसँग मुख्यमन्त्रीहरुले छुट्टाछुट्टै भेट गर्दै समस्या राखेर फर्कने गरेका थिए ।
पूर्वाधार विकास, कानुन निर्माण, सेवा सुविधा, कर्मचारी परिचालन, दरबन्दी लगायत विषयमा छलफल हुँदैछ ।

प्रदेशसभा र प्रदेश सरकार सञ्चालनमा कर्मचारी अभाव चर्को समस्याको रुपमा देखिएको छ। खटाएका कर्मचारी नजाने समस्याबारे पनि आजको बैठकमा छलफल हुने बताइएको छ।
प्रदेश सरकारले बनाउनुपर्ने कानुनबारे समेत अन्यौल उत्पन्न भइरहेका बेला बैठक बस्न लागेको हो। कानुन नहुँदा प्रदेश सरकारले आवश्यक काम अघि वढाउन सकेको छैन। कानुनी र प्राविधिक बाधाका कारण प्रदेश सरकार अलमलमा छन्।

प्रतिक्रिया दिनुहोस
रुकुमपश्चिममा जीप दुर्घटना, २ को मृत्यु, ९ जना घाइते

  रुकुमपश्चिममा जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । आइतबार...

भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...