गृहमन्त्री थापाबाट विमानस्थल अध्यागमनमा छड्के निरीक्षण



हाम्रो इकोनोमि

गृहमन्त्री रामबहादुर थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र त्यहाँ रहेका अध्यागमन कार्यालयको आज छड्के निरीक्षण गर्नुभएको छ ।
सो क्रममा अध्यामगन कार्यालयको यात्रु विदेशिने डेक्समा जम्मा चार जना कर्मचारी मात्रै उपस्थित रहेका थिए । सो डेक्समा आवश्यकताअनुसार १५ जनासम्म कर्मचारी खटिने गरेकामा निरीक्षणका क्रममा तीन जना कर्मचारी अनुपस्थित भेटिएका थिए ।

अनुपस्थित कर्मचारीको विवरण लिई त्यसलाई तत्कालै कारबाही प्रक्रिया अगाडि बढाइने बताउँदै गृहमन्त्री थापाले विमानस्थलको सुरक्षाजाँच, भन्सार, सिसी टिभी क्यामेरा अनुगमन डेस्कलगायतका विषयमा समेत जानकारी लिनुभयो ।
गृहमन्त्री थापाले विमानस्थलको सुरक्षामा संवेदनशील हुन र सुरक्षा व्यवस्था कडा पार्न सुरक्षा अधिकारीलाई निर्देशन पनि दिनुभयो । छड्केपछि सञ्चारकर्मीसँगको कुराकानीमा गृहमन्त्री थापाले विमानस्थल र अध्यागमन कार्यालयको सुधारलाई आफूले प्राथमिकतामा राखेको बताउनुभयो ।

उहाँले यसभित्रका गलत प्रवृत्तिबारे आफू जानकार रहेको बताउँदै त्यस्ता प्रवृत्तिहरु अब देखिएमा सो कार्यमा संलग्न जो सूकैलाई पनि कारबाहीको दायरमा ल्याउने स्पष्ट पार्नुभयो ।
“यहाँबाट मानव तस्करीदेखि अवैध वस्तुको तस्करीसम्म हुने गरेको जानकारी आफूले पाएको छु, यदि त्यस्तो सञ्जाल रहेछ भन्ने त्यसलाई आफूले ताड्ने छु,” गृहमन्त्री थापाले भन्नुभयो

प्रतिक्रिया दिनुहोस
कार्यदलको प्रतिवेदन पुनर्लेखन गराउँदै ओली

    नेकपा एमालेको ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’ को प्रतिवेदन आफू...

लोक कल्याणकारी विज्ञापन सम्बन्धी कार्यविधि सच्याउन सरकारलाई नेपाली कांग्रेसको आग्रह

    नेपाली कांग्रेसले निजी क्षेत्रका सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने प्रकृतिका...

राष्ट्रपति पौडेल बाढी प्रभावित क्षेत्रमा पुगे

    राष्ट्रपति रामचन्द्र पौडेल बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । नुवाकोट पुगेर...

त्रिशूली ३ बी मा हराएका आफन्त खोजीको माग गर्दै माइतीघरमा धर्ना

     रसुवा बाढीका क्रममा त्रिशूली ३ बी मा हराएका आफन्तहरुको खोजीको माग...