सर्बेन्द्र खनाललाई प्रहरी प्रमुख बनाउन ओली र प्रचण्ड राजी,प्रचण्डले किन खनाल बोक्न ओलीलाई चुनौती दिए



हाम्रो इकोनोमि

केही हप्ताभित्रै प्रहरी महानिरिक्षक प्रकाश अर्यालले अवकाश पाउने भएपछि नयाँ आईजीपीको दौड सुरु भएको छ । आईजीपी कसलाई बनाउने भन्नेबारे आजमात्रै प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलको सुरुवातमै प्रचण्डले वरियताको पहिलो नम्बरमा रहेका डिआईजी सर्वेन्द्र खनालको पक्षमा बोलेको स्रोतको दाबी छ । उनले कार्यसम्पादनको आधारमा डिआईजी पहिलो नम्बरमा भएकोले खनाललाई नै प्रहरी प्रमुखको जिम्मेवारी दिईनुपर्ने अडान राखेका थिए ।

अध्यक्ष प्रचण्डले आफ्नै पार्टीका नेता समेत रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई पनि सोही अनुसार अघि बढ्न निर्देशन दिईसकेका छन् । प्रधानमन्त्री ओलीसँगको भेटलगत्तै अध्यक्ष प्रचण्डले गृहमन्त्री थापालाई फोन गरेरै खनालको पक्षमा दृढ रहन निर्देशन दिएको विशेष स्रोतको दाबी छ ।

हुन पनि गृहमन्त्री थापा अध्यक्ष प्रचण्डको चाहना अनुसार नै चल्ने पक्षमा देखिएका छन् । उनले आफू निकटका नेताहरुसँग पनि यो कुराको खुलासा गरिसकेका छन् । स्रोतका अनुसार प्रहरीको कमाण्ड गर्न तयारी अवस्थामा रहन डिआईजी खनाललाई आग्रह गरिसकेका छन् ।
तर, आईजीपी बन्ने दौडमा अरु डिआईजीहरु क्रमशः रमेश खरेल, पुष्कर कार्कीलगायत छन् । यिनीहरुमध्ये कार्कीले आफ्नो पक्षमा विशेष लविङ् गरेका छन् ।

प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको दबाब थेग्न नसकेर कार्कीको पक्षमा निर्णय गर्न लागेको सूचना पाएपछि प्रचण्डले आज ओलीलाई भेटेर कडा चेतावनी दिएका हुन् ।

३० वर्षे सेवा हदका कारण आईजीपी अर्यालले चैत्र २८ गते सेवाबाट निवृत्त हुँदैछन् । प्रचण्ड र बादलको चाहनाअनुसार खनाल नै अग्र पंक्तिमा देखिन्छन् । यता खरेल पनि आइर्जीपी बन्ने दौडमा रहेका छन् उनले एमालेनिकट रहेर लबिङ गरिरहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
संसदमा आज पनि विपक्षीको विरोध

    प्रतिनिधिसभा बैठकमा आज पनि विपक्षी दलहरुले विरोध गरेका छन् । बैठक...

राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा

    राप्रपाले अर्थमन्त्री स्वर्णिम वाग्लेको राजीनामा मागेको छ । प्रतिनिधि सभाको बैठकमा...

एमाले पुनर्गठन कार्यदलको बैठक ओलीकै अध्यक्षतामा

    नेतृत्व नछाड्ने अडान लिएका एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी पुनर्गठन...

विज्ञान, प्रविधि मन्त्रीमा महावीरको नाम सिफारिस

     प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा सदस्य महावीर पुनलाई  विज्ञान, प्रविधि तथा नवप्रवर्तन...