काम चोर कर्मचारीले जब गृहमन्त्रीलाई झुट बोले,मन्त्रीले नै यसरी त्यस्ता कर्मचारीको नाम पोले



हाम्रो इकोनोमि

गृहमन्त्री थापा सोमबार दिउँसो चार बजे त्रिभुवन विमानस्थलको अध्यागमन कक्षमा पुगेका थिए । उनी पुग्दा अध्ययागमनका कमचारीहरु कार्यकक्षमा भेटिएनन् ।

कर्मचारीको खाजा खाने समय दिउँसो एक बजेदेखि दुईबजेसम्म भए पनि चार बजे मन्त्री कार्यकक्षमा पुग्दा कर्मचारी नभेटिएका हुन् ।उनले त्यसबारे जिज्ञासा राख्दा एक कर्मचारीले ‘खाजा खान गएको’ भनेका थिए । उनले खाजा खाने समय १ बजेदेखि दुई बजेबीचमा हुनु पर्ने भन्दै कार्यकक्षमा नरहेका कर्मचारीलाई कारबाही गरिने बताएका छन् ।

सर्वसाधारणको धेरै गुनासो पर्नेमध्ये त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले छड्के निरीक्षण गरेका हुन् । छड्के निरीक्षणका क्रममा अध्यागमन डेस्कमा अधिकांश कर्मचारी अनुपस्थित थिए।

उनले अध्यागमन कर्मचारीहरुको बारेमा धेरै गुनासो आउने गरेको बताउँदै सुधार गर्न निर्देशन दिएका छन्।
गृहमन्त्री थापाले विमानस्थलको सुरक्षा अवस्थाको बारेमा पनि सुरक्षा अधिकारीसँग जानकारी लिएका थिए।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...