ओलीलाई चाकडी गर्दै लोदरे,देउवाका जासुसलाई मुख्यसचिब बाट किक हान्न ओलीले दिए यी दुई भाईलाई तालाचाबी



विवादास्पद छवि भएका मुख्य सचिव लोकदर्शन रेग्मी यतिखेर आफ्नो कुर्सी जोगाउन शक्ति केन्द्र धाउन थालेका छन् ।
आईजी प्रकरणमा कानुनको धज्जी उठाउँदै तत्कालिन प्रधानमन्त्री शेरबाहादुर देउवालाई खुशी बनाएकै भरमा मुख्य सचिव बन्न सफल भएका रेग्मीलाई बाम गठबन्धनको सरकार बने सँगै कुर्सी हल्लिएको छ । स्रोतका अनुसार एमाले नेता बिष्णु पौडेल, बामदेम गौतम, माओवादी केन्द्रका नेता बर्षामान पुनको शरणमा यतिखेर मुख्य सचिव रेग्मी पुगेका छन् ।

विवादास्पद ठेकदार दिपक भट्टमार्फत् मुख्यसचिव रेग्मीले बामदेवसँग प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिलाई दिन अनुयविनय गरेका थिए । प्रधानमन्त्री ओलीले सचिवालयका सचिव प्रेमकुमार राई र दिनेश थपलियालाई सम्पूर्ण अधिकार दिएपछि मुख्य सचिव रेग्मीको होस हवास उडेको हो ।

अहिले सबै काम प्रधानमन्त्री कार्यालयका सचिव राई र थपलियामार्फत हुँदै आएको छ । सरकारका सबै काम कारवाहीहरू नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा र आरजुलाई पुराएपछि ओलीले मुख्य सचिव रेग्मीको गोप्य रूपमा अधिकार खोसेका हुन्।

दुई साता देखि अधिकार बिहिन बनेका रेग्मी अहिले राजदुत बनेर जाने इच्छा व्यक्त गर्न थालेको स्रोत बताउँछ । राजदुत बनाएर पठाएर आफू जाने ईन्छा भएको उनले प्रधानमन्त्री ओलीलाई खबर पठाएका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७४, मंगलबार  ०८ : ५१  बजे

प्रतिक्रिया दिनुहोस
नेकपा एसमा वामदेवलाई तेस्रो वरीयता

    नेकपा एकीकृत समाजवादी र नेकपा राष्ट्रिय एकता अभियानबीच पार्टी एकता घोषणा

प्रभु हेलिकप्टर १०औँ वर्षमा, आइपिओ निष्कासनको तयारी

    प्रभु हेलिकप्टर स्थापनाको १०औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा

वरिष्ठ उपाध्यक्ष र महासचिव पोखरेलबीच जुहारी

    नेकपा एमालेको विधानमाथि छलफल गर्न बसेको सचिवालय बैठक हिजो करिब १०

ईश्वर पोखरेलले ओलीलाई भने अब तपाईंले छोड्नुस्

    विधान महाधिवेशनको एजेण्डामाथि छलफल गर्न बसेको नेकपा एमाले सचिवालयको बैठक १०