पूर्वराजाले यसरी फर्काउने भए सत्ताको नासो,कमल थापा सहितका यी दुई भाईलाई लगाउने भए सनासो



हाम्रो इकोनोमि

पूर्वराजा ज्ञानेन्द्र शाह राष्ट्रिय प्रजातन्त्र पार्टीको पुनगर्ठन गर्ने अभियानमा सक्रिय बनेका छन् । यसैक्रममा उनले आइतबार साँझ झापामा राप्रपाका विभिन्न तीनवटा गुटका ९ जना नेतालाई बोलाएर सामुहिक छलफल गरेका छन् ।

पूर्वराजा ज्ञानेन्द्र यतिबेला झापाको दमकस्थित उनकै स्वामित्वमा रहेको हिमालय चिया बगानमा बसिरहेका छन् । उनी अझै केही दिन यहीँ रहनेछन् । र, ११ गते बिराटनगरमा आयोजित एक कार्यक्रममा सहभागी हुनेछन् ।

झापा आएका पूर्वराजासँग पार्टी पुनगर्ठनबारे छलफल गर्न राप्रपाका विभिन्न गुटका नेताहरु काठमाडौंबाट आइतबार साँझ चियाबगानमा आइपुगेका थिए । बेलुका ४ बजेदेखि साँझ ७ बजेसम्म चलेको छलफलमा सहभागी नेताहरुलाई पूर्वराजाले चिया र बिस्कुट खुवाएर पठाएको स्रोतले बतायो ।

आइतबार साँझ पूर्वराजा ज्ञानेन्द्रलाई भेट्न चिया बगानमा भेला हुने नेताहरुमा कमल थापा नेतृत्वको राप्रपाका बुद्धिमान तामाङ, भास्कर भद्रा र प्रल्हाद शाह थिए ।

त्यसैगरी पशुपतिसमशेर नेतृत्वको राप्रपा प्रजातान्त्रिकका नेताहरु राजाराम श्रेष्ठ, सुरेश आचार्य र सगुन लावती पूर्वराजासँगको छलफलमा सहभागी थिए ।

डा. प्रकाशचन्द्र लोहनीको राप्रपा राष्ट्रवादी पार्टीका तर्फबाट केशव श्रेष्ठ, तारा लुँईटेल र डा. सुष्मा आचार्य पनि पूर्वराजालाई भेट्ने टोलीमा सहभागी थिए ।

राप्रपाका तीनवटै गुटका तीन/तीनजना गरी ९ जना नेताहरुसँग पूर्वराजाले सामुहिकरुपमा तीन घण्टासम्म छलफल गरेको जिल्लास्थित सरकारी गुप्तचर स्रोतले जानकारी दियो ।

पूर्वराजाको भनाइ उधृत गर्दै स्रोतले भन्यो- ‘म धेरैतिर जाँदा पार्टी फुटेको गुनासो गर्छन्, यसले गर्दा कमजोर भयो, अब एउटा टार्गेट बनाएर तपाईहरु अगाडि बढ्नोस् ।’

पार्टी पुनर्गठनको पक्षमा ‘होमवर्क’
पूर्वराजासँग भएको भेटबारे हामीले सहभागीमध्येका एक नेतालाई सोध्यौं । उनले भेटवार्ता भएको पुष्टि गरे । भेटका क्रममा पूर्वराजा ज्ञानेन्द्रले राप्रपाका सबै समूहहरु एक हुनुपर्ने र पार्टी पुनर्गठन गरिनुपर्ने निर्देशन दिएको उनले बताए ।

पूर्वराजाको भनाइ उधृत गर्दै स्रोतले भन्यो- ‘म धेरैतिर जाँदा पार्टी फुटेको गुनासो गर्छन्, यसले गर्दा कमजोर भयो, अब एउटा टार्गेट बनाएर तपाईहरु अगाडि बढ्नोस् ।’

पूर्वराजासँगको भेटमा राप्रपाका तीनवटै गुटका नेताहरुले आ-आफ्नो पार्टीको शीर्ष नेतृत्वको आलोचना गरेका थिए । ठूला नेतावीच जुँगाको लडाइँ चलेका कारण पार्टी फुटेको र चुनावमा पराजय व्यहोर्नुपरेको नेताहरुले पूर्वराजालाई गुनासो सुनाएका थिए ।

अब पशुपतिसमशेर, कमल थापा र प्रकाशचन्द्र लोहनीलाई मुख्य नेतृत्वबाट हटाएर युवा पुस्ताले पार्टी नेतृत्व सम्हाल्नुपर्ने र तीनवटै समूहलाई एकीकरण गरी राजतन्त्रको पक्षमा अघि बढ्नुपर्ने आवश्यकता रहेको नेताहरुले ज्ञानेन्द्रलाई रिपोर्टिङ गरेका थिए ।

यही रणनीतिअनुसार पूर्वराजाको आशिर्वाद थापेर राप्रपाका नेताहरु आज काठमाडौं फर्किएको स्रोतले  जानकारी दियो । अब ज्ञानेन्द्रसँगको छलफलअनुसार तीनवटै पार्टीमा मुख्य नेतृत्वविरुद्ध विद्रोहको तयारी थालिने स्रोतको दाबी छ ।

यसैवीच पूर्वराजा ज्ञानेन्द्रले झापामा रहँदा प्रदेश १ का राप्रपाका नेताहरुसँग पनि राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम जारी रहेको स्रोतले बतायो ।

यसअघि पूर्वराजा ज्ञानेन्द्रले नेपालगञ्जमा रहँदा त्यहाँ पनि राप्रपाका पुराना नेताहरुसँग छलफल गरेका थिए । त्यहाँ उनले काठमाडौंबाट बोलाएर कमल थापासँग पनि पार्टी पुनर्गठनबारे कुराकानी गरेका थिए ।

राप्रपा नेताहरुका अनुसार पूर्वराजा ज्ञानेन्द्र अब आफूले केही गर्नुपर्ने भन्दै पूर्वराजावादीहरुको दल निर्माणमा सक्रिय बन्न थालेका छन् । तर, उनी आफैं पार्टीको नेतृत्व गर्छन् या ‘ब्याकअप’ मात्रै भूमिका खेल्छन् भन्ने चाहिँ खुलिसकेको छैन ।

तथापि यो शक्तिले अझै पनि आफ्नो पुनरागमनका लागि गतिविधि जारी राख्ने संकेत भने देखिएको छ । यसै साता मात्र पूर्वशाही पाश्र्वती भरतकेशरसिंह सहितको हिन्दुवादीहरुको एक टोलीले प्रधानमन्त्री केपी ओलीलाई भेटेर तस्वीर खिचाएको घटना अर्थपूर्ण हुन सक्छ ।

पूर्वराजा आफैंले राप्रपाका विभिन्न समूहका नेताहरुसँग सामुहिक छलफल गर्नुले उनमा र उनका अनुयायीहरुमा रहेको राजनीतिक ‘भोक’ सहजै देख्न सकिन्छ ।

यसवीचमा पूर्वराजाले भारतको भ्रमण गरेर युपीका मुख्यमन्त्री आदित्यनाथसँग पनि भेट गरिसकेका छन् ।

राजगद्दी छाडेर नागरिक बनिसकेका ज्ञानेन्द्रले राजनीतिमा आउन चाहे भने त्यो उनको संवैधानिक एवं नागरिक अधिकारको विषय हो ।

तर, राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरीको बिहेको निम्तो मान्दै शीतलनिवास पुगेर पूर्वराजाले गणतन्त्रलाई भावनात्मक रुपमा स्वीकार गरिसकेका छन् । यद्यपि त्यसपछिका आफ्ना अभिव्यक्तिहरुमा भने उनले ‘अब समय आयो’ भन्ने गरेका छन् । उनका यी दुई व्यवहार एकापसमा ‘कन्ट्रोभर्सियल’ देखिन्छन् ।

संविधानसभाबाट गणतान्त्रिक संविधान बनिसकेर चुनावहरु पनि भईवरि मुुलुकले राजनीतिक स्थायित्व पाइसकेको छ । यस्तो बेलामा पूर्वराजा ज्ञानेन्द्रको संरक्षकत्वमा पुनर्गठन हुने राप्रपाले राजतन्त्र फर्काउने नीति लिन्छ या लोकतान्त्रिक अभ्यासमै रहेर राजनीतिक गतिविधि गर्छ ? यो प्रश्न चासोको विषय बन्ने गरेको छ नेपाली राजनीतिमा ।

पूर्वराजा ज्ञानेन्द्रसँग राजनीतिक सुझबुझ र कला नभएकाले उनले चाहँदैमा नेपालमा तत्कालै ‘कन्जरभेटिभ’ फोर्सको पुनरुत्थान सहज देखिँदैन । त्यसैले उनी आफैं राजनीतिको मैदानमा उत्रिए पनि परिस्थिति पछाडि फर्किएला भनेर अनुमान लगाउन राप्रपाकै नेताले समेत सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस
४३ हजार अमेरिकी डलर सहित एक युवक पक्राउ

    काठमाडौंबाट रसुवा जाँदै गरेको बसमा  एक युवकको साथबाट ४३ हजार अमेरिकी...

गणतन्त्र दिवसमा पनि प्रधानमन्त्रीले सम्बोधन नगर्ने

    आगामी जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा हुने समारोहमा प्रधानमन्त्री बालेन्द्र...

एकता कायम गर्दै सकियो एमाले सचिवालय बैठक

    एकताको सन्देश प्रवाह गर्दै नेकपा (एमाले) को सचिवालय बैठक सकिएको छ...

भारतको औपचारिक भ्रमणमा जाँदै सभापति लामिछाने

    सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछाने भारतको औपचारिक भ्रमणमा जाने भएका...