तिहारको झल्को दिने गरी ओलीले चन्द्रागिरी पुगेर यसरी भट्टाए,हाम्रा बाटा चिल्ला हुन्,खेत बाँझा नहुन्



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल नयाँ मोडमा प्रवेश गरेको बताएका छन्।
चन्द्रागाीरी नगरपालिका मातातीर्थस्थित सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान तालिम केन्द्रको सोमबार उद्घाटन गर्दै उनले विगततिर फर्केर पश्चाताप वा समिक्षा गर्ने होइन वर्तमान र भविष्यलाई हेरेर देश निर्माणका लागि काम गर्नुपर्ने बताए।

‘हिजो भनाभन गरेका थियौं ,झगडा गरेका थियौं भनेर त्यतातिर फर्कने समय होइन यो ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘अब सबै मिलेर देश निर्माण लाग्नु पर्छ।’

जनताले विकास निर्माण, उत्पादन, शिक्षा, स्वास्थ्य, सुरक्षा हरेक क्षेत्रमा परिवर्तन चाहेको प्रधानमन्त्री ओलीको भनाइ थियो । ‘हाम्रा बाटाहरु चिल्ला हुन्। खेत बाँझा नहुन् । खेतमा धान र गहुँका बाला झुलुन्। विद्यालयमा पढाइ चलोस् भन्ने सबैको चाहना छ ’ प्रधानमन्त्री ओलीले भने ‘यसका लागि हामी सबै एकताबद्ध भएर लाग्नु पर्छ । जनताको यो सपना पूरा हुन्छ।’

प्रधानमन्त्री ओलीले सबैले आफ्ना आचारणमा पनि सुधार ल्याउनु पर्ने बताए। ‘सबैले शान्तिको अनुभुती गरुन्। कसैलाई अन्याय नपरोस’ प्रधानमन्त्री ओलीले भने, ‘मान्छे देख्दा शुत्र होइन । दाजुभाइ दिदीबहिनी देखियोस्।’

प्रधानमन्त्री ओलीले शसस्त्र प्रहरी बलले स्थापनाको छोटो समयमा नै समाजमा शान्ति सुरक्षा स्थापनामा निर्वाह गरेको भूमिकाको प्रशंसा गरे। उनले सशस्त्र प्रहरी बललाई राष्टिकयता, अखण्डता र सार्वभौमसत्तालाई ध्यानमा राखेर काम गर्न निर्देशन दिए।
यो तालिम केन्द्र निर्माणका लागि चीन सरकारको ३ अर्ब ६० करोड रुपैयाँ सहयोगमा निर्माण भएको हो। प्रधानमन्त्री ओलीले चीन सरकारलाई यस सहयोगका लागि हार्दिक धन्यवाद ज्ञापन गरे।

३० महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि २४ महिना नै निर्माण सम्पन्न गरी चाइना रेल्वे कन्स्टकक्सन कम्पनीले भवन हस्तान्तरण गराएको थियो। ‘समय भन्दा अगावै निर्माण सम्पन्न गरेर यो एउटा उदाहरणीय काम भएको छ’ प्रधानमन्त्री ओलीले भने, ‘अब हाम्रा विकास निर्माणका सबै काम यही गतिमा अगाडी बढ्छन्। यसका लागि सबै तयार रहनु पर्छ।’

प्रतिक्रिया दिनुहोस
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

    ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको...

पहिरोले पुरिएर स्याङ्जामा एक जनाको मृत्यु

    अविरल वर्षापछि आएको पहिरोमा पुरिँदा स्याङ्जामा एकजनाको मृत्यु भएको छ ।...

मीटरब्याज पीडितहरू र गृहमन्त्रीको वार्ता निष्कर्षविहीन

     मिटरब्याज पीडितहरूको काठमाडौं केन्द्रित पैदल न्याय मार्च तीन दिनदेखि बाराको निजगढमै...

गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...