गोपाल पराजुलीलाई जेल हाल्न माग गर्दै प्रहरीमा उजुरी दर्ता



हाम्रो इकोनोमि

निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुली विरुद्ध प्रहरीमा जाहेरी दिइएको छ।
गुल्मी इस्पा गाउँपालिकाका मदन भण्डारीले पराजुलीले नागरिकता तथा शैक्षिक प्रमाणपत्र सम्बन्धी अपराध गरेको उल्लेख गर्दै उनी विरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका हुन्।

‘जाहेरी आएको छ, हामी बुझ्ने प्रक्रियामा छौं। त्यसपछि मात्रै दर्ता गर्ने/नगर्ने निर्णय गर्नेछौं’, महानगरीय प्रहरी परिसरका डिएसपी मोहन थापाले भने।

प्रधानन्यायाधीशको कार्यकाल अनुचित रुपमा लम्ब्याउने चाहनाले पराजुलीले नागरिकता र शैक्षिक प्रमाणपत्रमा फरक-फरक जन्ममिति बनाएको जाहेरीमा भनिएको छ। यस्ता कार्यले न्यायाधीशमा हुनुपर्ने उच्च नैतिक चरित्रको क्षयीकरण भएको पनि जाहेरीमा उल्लेख गरिएको छ।

जाहेरीमा जिल्ला प्रशासन कार्यालय तनहुँबाट पराजुलीले लिएको नागरिकतामा जन्ममिति २००९ साउन २१ गते देखिएको तर काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट लिइएको प्रतिलिपिमा २०१० साल बैशाख १६ गते कायम गरिएको भनिएको छ। यस्तै, एसएलसीको प्रमाणपत्रमा जन्ममिति २०११ बैशाख १३ गते उल्लेख छ भने नेपाल ल क्याम्पसमा प्रमाणपत्रहरुमा २०१० बैशाख १३ गते रहेको उल्लेख गरिएको छ।

उमेरकै विवादमा न्याय परिषद् सचिवालयले जन्ममितिका आधारमा गत साउन २१ गते नै पराजुलीको कार्यकाल सकिएको भन्दै गत फागुन ३० गते उनलाई अवकाशपत्र पठाएको थियो। त्यसको भोलिपल्ट पराजुलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा बुझाएका थिए।

सर्वोच्चका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीले चैत १ देखि कामु प्रधानन्यायाधीशको पदभार सम्हालिसकेका

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...