आज फेरि सरकार विस्तार हुँदै,एमालेबाट दुई र माओवादीबाट एक मन्त्री थप्ने यस्तो छ तयारी



हाम्रो इकोनोमि

मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको प्रदेश ५ मा आज सरकार विस्तारको तयारी गरिएको छ । प्रदेश सरकारले सोमबार मन्त्रिमण्डलमा तीन जना मन्त्री थप्ने तयारी गरेको हो

आज थपिने तीन मन्त्रीमा एमालेले दुई र माओवादी केन्द्रले एक मन्त्री पठाउन लागेका हुन् । एमालेले प्रदेश ५ संसदीय दलको बैठकले लिला गिरी र आरती पौडेललाई मन्त्री बनाउने निर्णय गरेको छ । गिरी सामाजिक विकास तथा सहकारी र पौडेल कृषि मन्त्री बन्ने बताइएको छ ।

माओवादीले गुल्मी १ ‘क’ बाट निर्वाचित सुदर्शन बराललाई उद्योग तथा पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी मन्त्री बनाउने तयारी गरेको छ ।

यसअघि फागुन ३ गते मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वमा ३ जनाको मन्त्रीमण्डल गठन भएको थियो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...