आज फेरि सरकार विस्तार हुँदै,एमालेबाट दुई र माओवादीबाट एक मन्त्री थप्ने यस्तो छ तयारी



हाम्रो इकोनोमि

मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको प्रदेश ५ मा आज सरकार विस्तारको तयारी गरिएको छ । प्रदेश सरकारले सोमबार मन्त्रिमण्डलमा तीन जना मन्त्री थप्ने तयारी गरेको हो

आज थपिने तीन मन्त्रीमा एमालेले दुई र माओवादी केन्द्रले एक मन्त्री पठाउन लागेका हुन् । एमालेले प्रदेश ५ संसदीय दलको बैठकले लिला गिरी र आरती पौडेललाई मन्त्री बनाउने निर्णय गरेको छ । गिरी सामाजिक विकास तथा सहकारी र पौडेल कृषि मन्त्री बन्ने बताइएको छ ।

माओवादीले गुल्मी १ ‘क’ बाट निर्वाचित सुदर्शन बराललाई उद्योग तथा पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी मन्त्री बनाउने तयारी गरेको छ ।

यसअघि फागुन ३ गते मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वमा ३ जनाको मन्त्रीमण्डल गठन भएको थियो ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...