वाम गठबन्धनले उपेन्द्र यादवसँग लिखित सम्झौता नगर्न, फोरम सरकारमा नआउने संकेत



संविधान संशोधनका बुँदा उल्लेख गरेर लिखित सहमति गर्ने कुरामा प्रधानमन्त्री सहित सत्तारुढ गठबन्धन इच्छुक नदेखिएपछि संघीय समाजवादी फोरमको सत्तारोहण लम्बिएको छ ।राजपालाई रोकेर लिखित सहमति सहित एक्लै सरकारमा जान खोजेका उपेन्द्र यादवले लिखित सम्झौतामा हस्ताक्षर गर्न प्रधानमन्त्री उत्साहित नदेखिएको बिफि्रङ पार्टीमा गरेका छन् ।

 

यादवले संविधानको धारा २७४ लगायत केही धारा उल्लेख गरेर संविधान संशोधन आपसी सहमतिमा गर्ने भन्ने लिखित सम्झौता गर्न खोजेका छन् । तर वाम गठबन्धनका नेताहरुले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन आपसी समझदारीमा गर्ने सैद्धान्तिक सहमति गरे पनि लिखित सम्झौता आवश्यक नभएको बताएका छन् ।प्रधानमन्त्री ओली संघीय समाजवादी फोरमलाई दुई मन्त्री सहित एक राज्यमन्त्री दिन सहमत छन् । मन्त्रिपरिषद बिस्तार गर्दा पनि फोरमलाई दुई मन्त्रालय राखिएको छ । प्रधानमन्त्रीपछिको दोस्रो बरियता पाए उपेन्द्र यादवकै नेतृत्वमा सरकार जान फोरम तयार छ । यद्यपि एमाले महासचिव ईश्वर पोखरेलभन्दा माथिको बरियता यादवले पाउने सम्भावना कम छ ।

संविधान संशोधनका सन्दर्भमा केही न केही लिखित सम्झौता नगरी सरकारमा सहभागी नहुन यादवमाथि पार्टीभित्रबाट दबाव छ । सरकारमा जान इच्छुक कतिपय नेताले प्रधानमन्त्रीले सार्वजनिकरुपमा संविधान संशोधन हुने कुरा बताइसकेकाले लिखि सम्झौताको अत्तो थाप्न नहुने बताइरहेका छन् । तर लिखित सहमति बिना सरकारमा जाँदा मधेसमा फोरम विरुद्ध अशन्तुष्टि बढ्ने र त्यसमा राजपाले खेल्ने डर यादवलाई छ ।

यादव निकट एक नेताले भने-संविधान संशोधन गर्न एमाले नभई हुँदैन । सरकार चलाउन हामी नभए पनि हुन्छ । तर हामीले बिना कुनै लिखत सरकारमा गयौं भने ठूलो आक्रोशको सामना गर्नुपर्ने हुन्छ । केही न केही बुँदा उल्लेख गरेर एउटा कागज गरिदिए हुन्थ्यो भन्ने हाम्रो चाहना हो, तर अहिलेसम्म प्रधानमन्त्रीले त्यसमा इच्छा देखाउनुभएको छैन भन्ने बि्रफिङ पार्टीमा उपेन्द्रजीले गर्नुभएको छ ।यादवको चाहना लिखित सहमति सहित सरकारमा जाने र केही न केही काम सरकारमा बसेर गर्न पाए मधेशको पक्षमा हामीले काम गर्‍यौं भनेर देखाउन सकिन्छ भन्ने हो । त्यहि भएर उनले प्रचण्डलाई कन्भिन्स गरेर राजपालाई सरकार बाहिर राख्न सफल भए पनि आफ्नै सत्तारोहण भने अझै जुराउन सकेका छैनन् । उनले आइतवार त्यस्तै पर्‍यो भने प्रतिपक्षमै बस्नुपर्ने हुन्छ भनेका छन् ।

सरकारमा उपेन्द्र यादव जाने सहमति भइसके पनि बाँकी एक मन्त्री र राज्यमन्त्रीको टुंगो सरकारमा जाने निश्चित भइसकेपछिमात्र हुनेछ । फोरमबाट प्रतिनिधिसभाका १६ र राष्ट्रियसभाका दुई सांसद छन्,र उनीहरु सबै मन्त्रीका आकांक्षी हुन् । राजेन्द्र श्रेष्ठ, रेणु यादव,रामसहाय यादव,प्रदीप यादव, मोहम्मद इस्तियाक राई लगायतका नेता मन्त्रीका प्रमुख दाबेदार हुन् ।विशेष गरी सहअध्यक्ष राजेन्द्र श्रेष्ठले सरकारमा जान मरिहत्ते गरेको आरोप पार्टी बैठकमै लागेको छ । तर, समानुपातिकतर्फ काठमाडौं जिल्लाभरिबाट ५ हजार भोट कटाउने हैसियत नभएका नेतालाई मन्त्री बनाउन नहुने आवाज विशेष गरी मधेसी मूलका नेताहरुले उठाएका छन् ।

प्रतिक्रिया दिनुहोस
फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जाने

    प्रधानमन्त्री केपी शर्मा ओली आज हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेल

चितवन रविको स्टन्टबाजीको शिकार भयो : महासचिव पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले पटक पटक नेपालको लोकतान्त्रिक परिवर्तनको अगुवाइ

रास्वपा हावादारी हो, उसको कुनै योजना छैन : राजेन्द्र लिङदेन

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी उपनिर्वाचनमा आम

अराजक क्रियाकलापलाई मौलाउन दिन्नँ : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न नाममा नेपाली मनलाई विभाजित गर्ने र