बहानाबाजी गरेर माल खाने कर्मचारीलाई ठिक पार्ने भन्दै ओलीले मन्त्रीहरुलाई समेत दिए यस्तो कडा आदेश



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार, अनियमितता र बहानाबाजीमा काम पन्छाउने कर्मचारीको प्रवृत्ति सरकारलाई स्वीकार नहुने चेतावनी दिएका छन्।

जनताको काम पन्छाउने प्रवृत्ति सरकारलाई सह्य नहुने भएकाले यसबाट तत्काल माथि उठ्न ओलीले निर्देशन दिएका छन्।

प्रधानमन्त्री कार्यालयमा मन्त्रीहरु, मुख्य सचिव र सचिवहरुलाई विशेष निर्देशन दिँदै प्रधानमन्त्री ओलीले राज्यको काम गर्न नखोज्ने कसैलाई पनि आफूले छुट नदिने बताए।

बैठकपछि पत्रकारसँग बोल्दै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले ऐतिहासिक दायित्व पूरा गर्न सरकार गठन भएकाले सोही अनुरुप कार्यसम्पादन गर्न प्रधानमन्त्री ओलीले विशेष निर्देशन दिएको बताए।

२०३० सम्म दिगो विकासको लक्ष्य भेट्न अहोरात्र खटिएर जनताको पक्षमा काम गर्न समेत प्रधानमन्त्रीले मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन्।

‘सरकार असमान्य जिम्मेवारी बोकेर सिंहदरबार प्रवेश गरेको कुरा ख्याल गर्दै काम गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ’, परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘संविधान कार्यान्वयन, मौलिक हकहरुको ग्यारेन्टी र जनताको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न सुरक्षा निकायलाई समेत प्रधानमन्त्रीबाट निर्देशन भएको छ।’

संविधान कार्यान्वयनदेखि देशमा देखिएको आर्थिक मन्दीलाई समेत नियन्त्रण गर्ने ऐतिहासिक अभिभारा सरकारसँग भएकाले सोही अनुरुप नतिजामुखी काम गर्न प्रधानमन्त्रीले निर्देशन दिएका छन्।

प्रतिक्रिया दिनुहोस
सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...

आगजनी भएको बसका चालकको मृत्यु

    त्रिपुरेश्वरमा सोमबार बस आगलागीमा परी घाइते भएका चालकको निधन भएको छ...

आफ्नो प्रतिवेदन पेश गर्न पाउनुपर्ने कर्ण थापाले माग

    एमालेको केन्द्रीय समिति बैठक सुरु भएको छ । आज पनि अध्यक्ष...