मन्त्री बन्न नपाएका यी दर्जन सांसदलाई राज्य मन्त्री सरहको सभापति बनाउन ओली र प्रचण्ड राजी



हाम्रो इकोनोमि

मन्त्रीका लागि आकाक्षी भएपनि मन्त्रिपरिषद्मा अट्न नसकेका नेताहरुलाई संसदीय समितिको सभापति, संसदीय दलको मुख्य सचेतक र सचेतक बनाउने आश्वासन दिइएको छ ।

मन्त्रालयको संख्या कम र मन्त्रीका आकाक्षी धेरै भएपछि प्रभावशाली नेताहरुलाई संसदीय समितिमा व्यबस्थापन गर्ने एमाले र माओवादीले योजना बनाएका छन् । संघीय समाजवादी फोरमलाई तीन मन्त्रालय बाँकी राखेर प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

मन्त्रीका लागि आश्वासन पाएर पनि केही नेताहरु मन्त्री बन्न छुटेका थिए । कैलालीमा कांग्रेस नेतृ आरजु देउवालाई पराजित गरेका नारदमुनी राना, डोटीबाट लगातार दुईपटक चुनाव जितेका प्रेम आले, चितवनबाट लगातार दुई पटक चुनाव जितेका कृष्णभक्त पोखरेललाई मन्त्री बनाउने आश्वासन नेतृत्वले दिएको थियो ।

एमाले सचिव योगेश भट्टराई, सांसद भानुभक्त ढकाल, शान्ता चौधरी, काठमाडौंबाट लगातार दुईवटा चुनाव जितेका रामवीर मानन्धर लगायत पनि मन्त्रीका आकाक्षी थिए । माओवादीका तर्फबाट जनार्दन शर्मा, देवेन्द्र पौडेल, अमनलाल मोदी लगायत पनि मन्त्री बन्ने चर्चा थियो ।

मन्त्री बन्न नपाएकालाई संसदीय समितिको सभापति लगायतका जिम्मेवारी दिइने आश्वासन दिइएको नेताहरु बताउँछन् । प्रतिनिधि सभामा ७ वटा समिति बनाउने सचिवालयको प्रस्ताव छ ।

दलहरुले चाहेमा सो संख्या बढ्न सक्ने सचिवाल स्रोत बताउँछ । यसअघि संसदीय समितिको संख्या १२ थियो । ७ मध्ये एउटा प्रतिपक्षी दलले पाउने छ । संसदको सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षी दललाई दिने संसदीय परंपरा रहेको छ ।

समितिको सभापति नपाएकाले सचेतकको भूमिका पाउने सम्भावना छ । माओवादी केन्द्रले देव गुरुङलाई मुख्य सचेतक बनाइसकेको छ भने एमालेले निर्णय गरेको छैन ।

प्रतिक्रिया दिनुहोस
४३ हजार अमेरिकी डलर सहित एक युवक पक्राउ

    काठमाडौंबाट रसुवा जाँदै गरेको बसमा  एक युवकको साथबाट ४३ हजार अमेरिकी...

गणतन्त्र दिवसमा पनि प्रधानमन्त्रीले सम्बोधन नगर्ने

    आगामी जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा हुने समारोहमा प्रधानमन्त्री बालेन्द्र...

एकता कायम गर्दै सकियो एमाले सचिवालय बैठक

    एकताको सन्देश प्रवाह गर्दै नेकपा (एमाले) को सचिवालय बैठक सकिएको छ...

भारतको औपचारिक भ्रमणमा जाँदै सभापति लामिछाने

    सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछाने भारतको औपचारिक भ्रमणमा जाने भएका...