एपेक्स बैंकको घोटालामा नागरिक लगानी कोषका कर्मचारीलाई समात्यो प्रहरीले



हाम्रो इकोनोमि

तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकको घोटालामा संलग्न थप एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। तत्कालीन सञ्चालक छविरमण अधिकारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पक्राउ गरेको हो।

उनी पछिल्लो समय नागरिक लगानी कोषमा कार्यरत थिए। बैंकको सञ्चालकबाट हटेपछि उनी कोषको जागिरे बनेका थिए। त्यहाँ उनी नवौं तहमा कार्यरत थिए। उनको समेत मिलेमतोमा एपेक्समा घोटाला भएको प्रहरीले जनाएको छ।

सात दिन थुनामा राख्न म्याद 

सिआइबीले बैंकिङ घोटालाको आरोपमा शुक्रबार एपेक्स बैंकका १३ जनालाई पक्राउ गरेको थियो। पुनरावेदन अदालत पाटनले पक्राउ परेकाहरुलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न आइतबार म्याद दिएको छ। एपेक्स हाल एनसिसी बैंकमा मर्ज भइसकेको छ।

सञ्चालक तथा कर्मचारीको मिलेमतोमा कमसल धितो राखेर कर्जा प्रवाह गरी करिब डेढ अर्ब घोटाला गरेको राष्ट्र बैंकको अनुसन्धानमा खुलेपछि प्रहरीले अनुसन्धान थालेको थियो।

बैंकका तत्कालीन अध्यक्ष विष्णुप्रसाद धिताल तथा सञ्चालकहरु इच्छाबहादुर गुरुङ, सुवर्णराज भण्डारी, मधुवनलाल श्रेष्ठ पक्राउ परिसेकका छन्। त्यस्तै, तत्कालीन निमित्त सिइओ ऋषिराज भट्ट, वरिष्ठ प्रबन्धक दुर्गादत्त जोशी, सहायक महाप्रबन्धक रामचन्द्र बसौला, शाखा प्रबन्धक विकास श्रेष्ठ, सागर नेउपाने, मानबहादुर राउत, सुदीप थापा, सहायक महाप्रबन्धक विनीतमणि उपाध्याय, कर्जा अधिकृत मोहन खरेललाई पक्राउ परेका थिए।

राष्ट्र बैंकको अनुसन्धानमा उनीहरुले कृत्रिम ऋणीहरुलाई कर्जा प्रवाह गरी अनियमितता गरेको खुलेको थियो। धितो मूल्यांकनकर्ता, चार्टर्ड एकाउन्टेन्ट लगायत समेत मिलेर बैंकमा घोटाला भएको थियो।

अनियमिततामा संलग्न थप व्यक्तिहरुमाथि समेत अनुसन्धान भइरहेको सिआइबीका डिएसपी श्याम ओलीयाले बताए।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...