ओली सरकारमा पठाउने मन्त्री छान्न उपेन्द्र यादवले बोलाए बैठक,को-को हुदैछन् मन्त्री?



हाम्रो इकोनोमि

सरकारमा जाने–नजाने विषयमा अन्योलमा रहेको संघीय समाजवादी फोरम अन्तत केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने भएको छ।

मन्त्री मण्डलमा सहभागी हुने नेताहरुको नाम चयन गर्नका लागि फोरम अध्यक्ष उपेन्द्र यादवले आइतबार दिउसो १ बजे पदाधिकारी बैठक आयोजना गरेका छन्।

संविधान संसोधनका विषयमा कुरा मिलिनसकेपनि फोरमले सरकारमा जाने तयारी गरेको हो। आजको बैठकले सरकारमा जाने नेताहरुको नाम टुंग्याउनेछ।

‘संविधान संसोधनमा कुरा मिलिसिकेको छैन, तर नेताहरु सरकारमा जान खुट्टा उचालेर बसेका छन्’ फोरमका एक नेताले भने, ‘कुन खुट्टो पठाउने भन्ने निर्णय आजको बैठकले गर्नेछ।’

फोरमका लागि प्रधानमन्त्री ओलीले दुई मन्त्रालय छुट्ट्याएका छन्, तिनमा शहरी विकास र स्वाथ्य तथा जनसंख्या मन्त्रालय छन्। श्रोतका अनुसार उपेन्द्र यादब आफै र रेणु यादब र इस्तियाक राई मध्य एक जना मन्त्री बन्ने भएका छन्।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...