सीआइबीले सीइओलाई खोरमा जाके पछी सिनर्जी फाइनान्स यसरी पर्यो धरापमा



बैंक सञ्चालनका लागि विभिन्न योजना बनाउने, कर्मचारीको काम चुस्त बनाउने मुख्य व्यक्तिलाई नै प्रहरीले नियन्त्रणमा लिएपछि बैंकको हाल कस्तो होला ? यसको सहज उत्तर छ–लथालिङ्ग । हो अहिले काठमाडौंस्थित सिनर्जी फाइनान्सको अवस्था यस्तै रहेको छ ।

सिनर्जी फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विनितमणि तिमिल्सिनाको पाप धुरीबाट कराएपछि फाइनान्सको अवस्था मात्र लथालिङ्ग छैन, यससँग जोडिएका सर्वसाधरणको कारोबार समेत समस्याग्रस्त बनेको छ । यसअघि पनि बैंकिङ कसुरमा परेर पनि राजनीतिक पहुँचका आधारमा सिनर्जी फाइनान्सका सीइओ पदमा रहेका उनलाई तत्कालीन एपेक्स डेभलोपमेन्ट बैंकको केसमा प्रहरीले पक्राउ गरेपछि उनको पाप धुरीबाट कराएको हो । सिनर्जी फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत यसअघि पनि बैंकिङ कसुरको अभियोगमा जेल परेको भए पनि हाल फाइनान्सको सीइओ पदमा रहेका थिए । सिनर्जी फाइनान्समा पनि उनले मनपरी गरिरहेको भन्दै उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको थियो ।

हाल सिनर्जी फाइनान्स कम्पनीमा सीइओ रहेका बिनितमणि उपाध्याय विगतमा वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनी घोटाला प्रकरणमा जेल परेका व्यक्ति थिए । प्राप्त जानकारी अनुसार एक पटक बैंकिङ कसुरमा परिसकेका सीइओले हाल सिनर्जी फाइनान्सलाई समेत डुबाउन लागि परेका थिए । हाल सिनर्जी फाइनान्स लिमिटेडका सीइओ रहेका उपाध्याय तत्कालीन वल्र्ड मर्चेन्ट फाइनान्समा सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दुबै पदमा रहेका उपाध्याय उक्त फाइनान्स घोटाला प्रकरणमा पक्राउ परेर जेल समेत बसेका थिए । उनलाई करोडौं रुपैयाँ घोटाला गरेको अभियोगमा जेल हालिएको थियो । वल्र्ड मर्चेन्ट फाइनान्समा कार्यरत रहँदा उपाध्याय, ज्ञानेन्द्र श्रेष्ठ र सोही फाइनान्सका पूर्व प्रमुख कार्यकारी अधिकृत रञ्जित कोइराला समेतले आठ करोड रुपैयाँभन्दा बढी घोटाला गरी बैकिङ कसुर गरेको अभियोग लागेको थियो ।

स्रोतकाअनुसार उपाध्यायले फाइनान्समा प्रमुख कार्यकारीको रूपमा आउँदा कम सेवा सुविधा लिएर भए पनि आफूले जुनसुकै हालतमा पनि संस्थाको सिङ्गो वित्तीय अवस्थामा सुधार ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए । तर जिम्मेवारी सम्हालेसँगै उनले फाइनान्सको चरम रूपमा स्रोत र साधनको दुरूपयोय गर्न थाले । फाइनान्सको नाममा रहेको गैर बैंकिङ सम्पत्ति बिक्री गर्दा तथा खराब कर्जा उठाउने नाममा ब्याज छुट दिनेलगायतका विभिन्न नाममा लाखौँ रुपैयाँ कमिसन खाने गरेका छन् । अहिले उपाध्यायलाई प्रहरीले पक्राउ गरेपछि उनीसंगै सिनर्जी फाइनान्स पनि धरापमा परेको छ । सिनर्जी फाइनान्समा पनि उनले करोडौंको घोटाला गरिसकेको भन्दै अख्तियारमा उजुरी समेत परेको छ । तर नियमनकारी निकायले त्यसको वास्ता नगर्दा अहिले सिनर्जी धरापमा परेको छ ।

यस्तो गम्भीर प्रकृतिको अभियोग लागेका कोइरालाले घटना सार्वजनिक भएलगत्तै देश छाडेका थिए । तत्पपश्चात केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले वल्र्ड मर्चेन्ट प्रमुख कार्यकारी उपाध्याय र श्रेष्ठलाई बैंकिङ कसुरको अभियोगमा काठमाडौंको पुतलीसडकबाट पक्राउ गरेको थियो । केही समय सीआइबीको हिरासतमा बसेका उपाध्याय अदालतले मागेको धरौटी बुझाएर रिहा भएका थिए । उक्त घटनापश्चात् बैंकिङ क्षेत्रबाट पलायन भएका उपाध्याय केही समय दुबईमा गएर समेत बसेका थिए । नेपाल फर्केलगत्तै फाइनान्सको वित्तीय अवस्थामा सुधार ल्याउने प्रतिबद्धतासहित सिनर्जीको सञ्चालक समितिलाई प्रभावमा पारेर फाइनान्स प्रवेश गरेका उपाध्याय अहिले पनि सिनर्जीलाई धराशायी बनाउने गम्भीर खेलमा लागेको स्रोतको दाबी रहेको खबर नया पेजमा छ ।

प्रतिक्रिया दिनुहोस
जनकपुरले जित्यो एनपीएलको उपाधि

    जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को

एनपीएलको फाइनल हेर्न देउवा र प्रचण्ड सँगै

    नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेल कांग्रेस सभापति शेरबहादुर देउवा र

सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको विशाल लक्ष्य

    नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्ससामु

मेडिकल व्यवसायी दुर्गा प्रसाईं हिरासतबाट छुटे

    मेडिकल व्यवसायी दुर्गा प्रसाईं हिरासतबाट छुटेका छन् । न्यायाधीशहरू नहकुल सुवेदी