संघीयता खारेज गर्दै हिन्दुराष्ट्र र राजसंस्था फर्काउन कांग्रेसले यसरी थाल्ने भयो अभियान,केन्द्रीय समितीमा बहस चलाईने



हाम्रो इकोनोमि

नेपाली कांग्रेसको केन्द्रिय समितिको बैठक नजिकिदै गर्दा नेताहरुले विभिन्न एजेण्डामा छलफल गर्ने तयारी गरिरहेका छन् ।
प्रदेश र प्रतिनिधीसभा चुनावमा पार्टीले हारेको विषयमा हुने छलफल प्राथमिकतामा छ भने अन्य एजेण्डाहरुपनि अघि सार्ने तयारी भइरहेको छ ।

पार्टी सुधारका लागि विभिन्न समुहले तयार पारेको योजना प्रस्तुत हुनुका साथै प्रतिपक्षी दलको भूमिकामा कसरी प्रस्तुत हुने भन्ने विषयले बैठकमा प्राथमिकता पाउने छ ।

यसका अलावा हिन्दुराष्ट्र र राजसंस्थादेखि संघीयता खारेज गर्नेसम्मका एजेण्डा नेताहरुले बैठकमा प्रस्तुत गर्ने तयारी गरेका छन् ।

हिन्दुराष्ट्रको पक्षमा खुलेरै लागेका खुमबहादुर खड्का समुहले केन्द्रिय समिति बैठकमा यसबारे छलफल प्रवेश गराउने तयारी गरेको छ ।

खड्का समुहका केन्द्रिय सदस्य शंकर भण्डारीले हिन्दुराष्ट्र कायम गर्नुपर्छ भन्ने विषयमा छलफल गराउँदैछन् । उनले नै राजसंस्था फर्काउनुपर्छ भन्ने एजेण्डासमेत प्रस्तुत गर्ने बताइएको छ ।

यता अर्का केन्द्रिय सदस्य डा.रामशरण महतले भने नेपालमा संघीयता कार्यान्वयन गर्न चुनौतिपूर्ण रहेको भन्दै उक्त विषयलाई बैठकमा प्रवेश गराउने तयारी गरेका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समुहले भने पार्टी नेतृत्वको चर्को आलोचना गर्ने तयारी गरेका छन् । त्यसैगरी संसदमा प्रमुख प्रतिपक्षी दलको भूमिका कसरी गर्ने भन्ने विषयलाई पनि छलफलमा केन्द्रित गराउने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...