संघीयता खारेज गर्दै हिन्दुराष्ट्र र राजसंस्था फर्काउन कांग्रेसले यसरी थाल्ने भयो अभियान,केन्द्रीय समितीमा बहस चलाईने



हाम्रो इकोनोमि

नेपाली कांग्रेसको केन्द्रिय समितिको बैठक नजिकिदै गर्दा नेताहरुले विभिन्न एजेण्डामा छलफल गर्ने तयारी गरिरहेका छन् ।
प्रदेश र प्रतिनिधीसभा चुनावमा पार्टीले हारेको विषयमा हुने छलफल प्राथमिकतामा छ भने अन्य एजेण्डाहरुपनि अघि सार्ने तयारी भइरहेको छ ।

पार्टी सुधारका लागि विभिन्न समुहले तयार पारेको योजना प्रस्तुत हुनुका साथै प्रतिपक्षी दलको भूमिकामा कसरी प्रस्तुत हुने भन्ने विषयले बैठकमा प्राथमिकता पाउने छ ।

यसका अलावा हिन्दुराष्ट्र र राजसंस्थादेखि संघीयता खारेज गर्नेसम्मका एजेण्डा नेताहरुले बैठकमा प्रस्तुत गर्ने तयारी गरेका छन् ।

हिन्दुराष्ट्रको पक्षमा खुलेरै लागेका खुमबहादुर खड्का समुहले केन्द्रिय समिति बैठकमा यसबारे छलफल प्रवेश गराउने तयारी गरेको छ ।

खड्का समुहका केन्द्रिय सदस्य शंकर भण्डारीले हिन्दुराष्ट्र कायम गर्नुपर्छ भन्ने विषयमा छलफल गराउँदैछन् । उनले नै राजसंस्था फर्काउनुपर्छ भन्ने एजेण्डासमेत प्रस्तुत गर्ने बताइएको छ ।

यता अर्का केन्द्रिय सदस्य डा.रामशरण महतले भने नेपालमा संघीयता कार्यान्वयन गर्न चुनौतिपूर्ण रहेको भन्दै उक्त विषयलाई बैठकमा प्रवेश गराउने तयारी गरेका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समुहले भने पार्टी नेतृत्वको चर्को आलोचना गर्ने तयारी गरेका छन् । त्यसैगरी संसदमा प्रमुख प्रतिपक्षी दलको भूमिका कसरी गर्ने भन्ने विषयलाई पनि छलफलमा केन्द्रित गराउने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...