ओलीले जंगिदै भने- सिरिया र रुवाण्डा जस्तै नेपाललाई बनाउन खोज्ने मैले चिन्या छु,अब यसरी तह लगाऊछु



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिको लक्ष्य हासिल गर्न पूर्व सांसदहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज पूर्व सांसद मञ्चका पदाधिकारीहरुसंगको भेटघाटमा प्रधानमन्त्री ओलीले ‘सुखी नेपाली,समृद्ध नेपालको ’ चाहना पुरा गर्न पूर्वा सांसदहरुको अनुभव कामयावी हुने बताए ।

‘पूर्व सांसद मञ्च भनेको संसद र सरकारको सल्लाहकार नै हो ’ प्रधानमन्त्री ओलीले भने ‘आफू संसद भएका बेला वा आफू सरकारमा भएका बेला गरेका कामहरुको अनुभवले वर्तमान संसद र सरकारलाई महत्वपूर्ण दिशा निर्देश गर्न सक्छ ।’

नेपालको सामाजिक विविधतामा विभिन्न तत्वहरुले खेल्न सक्ने भएकोले राष्टिकय एकताको भावना बलियो बनाउनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

सिरिया र रुवाण्डाको द्वन्द्वको उदाहरण दिंदै प्रधानमन्त्री ओलीले ‘आपसमा भिडाएर द्वन्द्वको खेति गर्नेहरु सबैतिर सक्रीय हुन्छन् । उनीहरुद्वन्द्वका विभिन्न रुप देखाएर त्यसको उद्योग चलाउछन् । ’

नेपालमा पनि जातीय,धार्मिक,भाषिक द्वन्द्व लगाउन खोजिए पनि नेपालीहरुले त्यसलाई अस्विकार गरेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

देशमा अनेकखाले संघर्ष गरेर परिवर्तन आए पनि त्यसको अनुभति जनताले पाउनु पर्ने प्रधानमन्त्री ओलीको तर्क छ ।

प्रधानमन्त्री ओलीले अर्को एक प्रसंगमा ठेक्कापट्टा कमिशनका भरमा नभइ न्यायोचित ढंगले हुनु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...