ओलीले जंगिदै भने- सिरिया र रुवाण्डा जस्तै नेपाललाई बनाउन खोज्ने मैले चिन्या छु,अब यसरी तह लगाऊछु



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिको लक्ष्य हासिल गर्न पूर्व सांसदहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज पूर्व सांसद मञ्चका पदाधिकारीहरुसंगको भेटघाटमा प्रधानमन्त्री ओलीले ‘सुखी नेपाली,समृद्ध नेपालको ’ चाहना पुरा गर्न पूर्वा सांसदहरुको अनुभव कामयावी हुने बताए ।

‘पूर्व सांसद मञ्च भनेको संसद र सरकारको सल्लाहकार नै हो ’ प्रधानमन्त्री ओलीले भने ‘आफू संसद भएका बेला वा आफू सरकारमा भएका बेला गरेका कामहरुको अनुभवले वर्तमान संसद र सरकारलाई महत्वपूर्ण दिशा निर्देश गर्न सक्छ ।’

नेपालको सामाजिक विविधतामा विभिन्न तत्वहरुले खेल्न सक्ने भएकोले राष्टिकय एकताको भावना बलियो बनाउनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

सिरिया र रुवाण्डाको द्वन्द्वको उदाहरण दिंदै प्रधानमन्त्री ओलीले ‘आपसमा भिडाएर द्वन्द्वको खेति गर्नेहरु सबैतिर सक्रीय हुन्छन् । उनीहरुद्वन्द्वका विभिन्न रुप देखाएर त्यसको उद्योग चलाउछन् । ’

नेपालमा पनि जातीय,धार्मिक,भाषिक द्वन्द्व लगाउन खोजिए पनि नेपालीहरुले त्यसलाई अस्विकार गरेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

देशमा अनेकखाले संघर्ष गरेर परिवर्तन आए पनि त्यसको अनुभति जनताले पाउनु पर्ने प्रधानमन्त्री ओलीको तर्क छ ।

प्रधानमन्त्री ओलीले अर्को एक प्रसंगमा ठेक्कापट्टा कमिशनका भरमा नभइ न्यायोचित ढंगले हुनु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...