कांग्रेसले उम्मेदवारी दिएन,उपराष्ट्रपतिमा नन्दबहादुर पुन भए निर्विरोध निर्वाचित



हाम्रो इकोनोमि

उपराष्ट्रपति पदमा वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन निर्विरोध भएका छन्।
उम्मेवारी दर्ताको निर्धारित समयमा वर्तमान उपराष्ट्रपति पुनको मात्रै उम्मेवारी परेपछि उनी दोस्रो कार्यकालका लागि निर्विरोध भएका हुन्।

राष्ट्रपतिमा उम्मेदवारी दिएको कांग्रेसले उपराष्ट्रपतिमा भने उम्मेदवारी दिएको छैन।

उपराष्ट्रपतिमा पुनको मात्रै उम्मेदवारी परे पनि विजयको घोषणा भोली मात्रै हुने भएको छ। निर्वाचनको कार्यतालिकाअनुसार भोलिसम्म दावी विरोधको समय रहेकाले आयोगले आज विजयी भएको घोषणा भोलि नै गर्ने भएको छ।

पुनको समर्थकमा सुवास नेम्वाण्ङ, पम्फा भुुसाल, रेखा शर्मा, भानुभक्त ढकाल, परशुराम मेघि गुरुङ र समर्थकमा माओवादी केन्द्रका नेताहरु देव गुरुङ ओनसरी घर्ती, जयपुरी घर्ती, राम नारायण बिडारी र राजेन्द्रप्रसाद गौतम छन्।

उम्मेदवारी दर्ता गर्दै उपराष्ट्रपति पुनले आफू संविधानको पालन गर्दै नेपालको सार्वभौमिकता र राष्ट्रिय अखण्डताका पक्षमा निरन्तर कटिवद्ध हुने बताए।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...