‘मण्डेला’ काण्डले योगेशको मन्त्री खायो, मन्त्री हुनबाट रोक्न विष्णु रिमालको हात



हाम्रो इकोनोमि

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले मन्त्री बनाउन भनेर सार्वजनिक सभामा नाम घोषणा गरेका सचिव योगेश भट्टराई शुक्रबारको बिस्तारमा अटाउन सकेनन् । धेरैले पहिलो चरणमा नै उनी मन्त्री बन्ने अनुमान गरेका थिए। तर पार्टी भित्रको राजनीतिमा  उनी साँंचो कुरा बोल्दा बिवादमा परे। उनलाई मन्त्री हुनबाट रोक्नका लागि प्रधानमन्त्रीका राजनीतिक सल्लहकार विष्णु रिमालको हात रहेको बताइएको छ।
अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डले पार्टीमा त्याग गरेर मण्डेला बन्न  फेस बुक मार्फत भट्टराईले सुझाव दिएपछि रिमालले फेसबुक मार्फतनै कडा जवाफ दिएका थिए। त्यसैबेला देखि भट्टराई र रिमालबीच चीसो शुरु भएको बताईएको छ।  यहि चीसोका कारण भट्टराईको मन्त्री पद अडकिएको स्रोतले बतायो।
एमालेका एक नेताका अनुसार  पार्टीको स्थायी समितिको बैठकमा अष्टलक्ष्मी शाक्य, ठाकुर गैरे , घनश्याम भुसाल माथि अन्याय भएको भन्दै जोडदार आवाज उठाएपछि अध्यक्ष ओली भट्टराईसंग नेगेटिभ बन्दै गएका हुन्।
तर एमालेका एक नेताले भने अवको  विस्तारमा योगेश पर्ने बताए । उनका अनुसार त्यहि भएर गोकुल बाँस्कोटालाई संचार राज्यमन्त्री मात्र बनाईएको हो । ती नेताका अनुसार योगेशलाई माधव नेपाल  समूहमा कडा भएर नलाग्न चेतावनी दिनका लागि तड्पाएर मात्र मन्त्री दिन लागेका हुन। ती नेताका अनुसार अर्को विस्तारमा उनलाई संचार मन्त्री दिन लागेका छन्। सरल पत्रिकाअनलाइनमा समाचार छ । भट्टराई निकट स्रोतका अनुसार उनी भने अव दिएको मन्त्री स्वीकार नगर्ने मनस्थितिमा रहेको बताईएको छ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...