सी जिनपिङ बाँचुन्जेल राष्ट्रपति हुन पाउने बाटो खुला, चाँडैनै नेपाल भ्रमण हुने



हाम्रो इकोनोमि

चिनियाँ राष्ट्रपति सी जिनपिङ अनन्तकालसम्म सत्तामा रहन पाउने प्रस्ताव चिनियाँ संसदले अनुमोदन गरेको छ ।शनिबार बिहान चिनियाँ संसदले सीलाई दोस्रो पाँच वर्षे कार्यकालका लागि सत्तामा रहन पाउने प्रस्तावलाई सर्वसम्मतीले अनुमोदन गरेको हो । यसको अर्थ राष्ट्रपति सी अनन्तकालसम्म सत्तामा रहन सक्नेछन् ।

 

यसअघि कुनै पनि राष्ट्रपति दोस्रो कार्यकालभन्दा बढी सत्तामा रहन नपाउने व्यवस्था थियो । माओपछिकै शक्तिशाली मानिएका सीलाई नै अनन्तकालसम्म सत्तामा राख्ने व्यवस्था गर्नका लागि यसअघिको समयसीमा हटाउने प्रस्ताव संसदमा लगिएको थियो । संसदले त्यसलाई सर्वसम्मतीले पारित गरेको चिनियाँ समाचार एजेन्सीले लेखेको छ । यसैबीच शनिबारकै चिनियाँ संसद बैठकले वाङ चिसानलाई उपराष्ट्रपतिमा चयन गरेको छ । वाङ सी निकट भ्रष्टाचारविरोधी पूर्वअधिकारी हुन् । सी जिनपिङले चाँडैनै नेपाल भ्रमण गर्ने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...