ओली सरकारमा थपिए ११ मन्त्री र ४ राज्यमन्त्री,सबैले खाए शपथ,२०सदस्यीय मन्त्रीमण्डलमा कोको अटाए ?



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी ओली सरकारको सात सदस्यीय मन्त्रीमण्डलमा एमालेका ८, माओवादी केन्द्रका ५ मन्त्री थपिएर यसको आकार २० सदस्यीय बनेको छ।

उनीहरुले शुक्रबार राष्ट्रपतिबाट शपथ खाएका छन्।

शपथ कार्यममा प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, सभामुख कृष्णबहादुर महरालगायत उपस्थित थिए।

एमालेका नयाँ मन्त्री:

परराष्ट्र, प्रदिप ज्ञवाली

श्रम तथा रोजगार,गोकर्ण विष्ट

पर्यटन, रविन्द्र अधिकारी

युवा तथा खेलकुद, जगत विश्वकर्मा

भौतिक पूर्वाधार रघुवीर महासेठ

कानुनमन्त्री शेरबहादुर तामाङ

सूचना तथा सञ्चार, राज्यमन्त्री, गोकुल बास्कोटा

स्वास्थ्यराज्यमन्त्री पदमा अर्याल

माओवादीबाट बनेका नयाँ मन्त्री:

शिक्षा, गिरिराजमणि पोखरेल

उर्जा तथा जलस्रोत, वर्षमान पुन

कृषि तथा सहकारी, चक्रपाणि खनाल

खानेपानी, बिना मगर

वन तथा वातावरण, शक्ति बस्नेत

संस्कृति राज्यमन्त्री, धनबहादुर बुढा

कृषि राज्यमन्त्री, रामकुमारी चौधरी

यसअघि एमालेबाट ईश्वर पोखरेल-रक्षा, युवराज खतिवडा- अर्थ, थममाया थामा मगर- महिला बालबालिका तथा समाज कल्याण र लालबाबु पण्डित जनसंख्यामन्त्री थिए। पण्डितलाई अहिले सामान्य प्रशासन मन्त्रालय दिइएको छ।

संघीय समाजवादी फोरम भने शुक्रबारको मन्त्रिमण्डलमा सहभागी भएन।

फोरमसँग भागबन्डा गर्न यसअघि कायम गर्ने भनिएको १७ मन्त्रालयबाट तीन टुक्राएर २० मन्त्रालय बनाउने निर्णयमा वाम गठबन्धन पुगेको हो।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...