डा शिवमाया तुम्बाहाम्फे उपसभामुखमा निर्वाचित



हाम्रो इकोनोमि

डा शिवमाया तुम्बाहाम्फे उपसभामुखमा निर्वाचित भएकी छिन्। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आज भएको निर्वाचनमा उनको पक्षमा २ सय १ मत परेको थियो। उनको विपक्षमा भने ५८ मत परेको थियो।

मतदानमा २ सय ५९ सहभागी भएका थिए।

उपसभामुखका लागि नेकपा एमालेबाट डा तुम्बाहाम्फे र नेपाली कांग्रेसबाट पुष्पा भुसालको उम्मेदवारी परेको छ।

भुसालको पक्षमा भने ६१ मात्रै मत परेको थियो। उनको विपक्षमा २ सय १ मत परेको थियो। मतदानमा २ सय ६२ उपस्थित भएका थिए।

तुम्बाहाम्फेको प्रस्तावक देवप्रसाद गुरुङ र समर्थक रवीन्द्र अधिकारी थिए। त्यस्तै, भुसालको प्रस्तावकमा डिला संग्रौला पन्त र समर्थक देवेन्द्र राज कँडेल थिए।

सभामुख माओवादी र उपसभामुख एमालेले पाउने गरी वाम गठबन्धनबीच यसअघि नै सहमति भए अनुसार तुम्बाहाम्फेलाई एमालेले उम्मेदवार बनाएको हो।

मोरङकी तुम्बाहाम्फे एमालेकी समानुपातिक सांसद हुन्। २०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा प्रवेश गरेकी उनी अखिलको केन्द्रीय उपाध्यक्षसमेत बनिसकेकी छन्। तेह्रथुममा जन्मिएकी उनी एमालेको नवौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन्।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...