डा शिवमाया तुम्बाहाम्फे उपसभामुखमा निर्वाचित



हाम्रो इकोनोमि

डा शिवमाया तुम्बाहाम्फे उपसभामुखमा निर्वाचित भएकी छिन्। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आज भएको निर्वाचनमा उनको पक्षमा २ सय १ मत परेको थियो। उनको विपक्षमा भने ५८ मत परेको थियो।

मतदानमा २ सय ५९ सहभागी भएका थिए।

उपसभामुखका लागि नेकपा एमालेबाट डा तुम्बाहाम्फे र नेपाली कांग्रेसबाट पुष्पा भुसालको उम्मेदवारी परेको छ।

भुसालको पक्षमा भने ६१ मात्रै मत परेको थियो। उनको विपक्षमा २ सय १ मत परेको थियो। मतदानमा २ सय ६२ उपस्थित भएका थिए।

तुम्बाहाम्फेको प्रस्तावक देवप्रसाद गुरुङ र समर्थक रवीन्द्र अधिकारी थिए। त्यस्तै, भुसालको प्रस्तावकमा डिला संग्रौला पन्त र समर्थक देवेन्द्र राज कँडेल थिए।

सभामुख माओवादी र उपसभामुख एमालेले पाउने गरी वाम गठबन्धनबीच यसअघि नै सहमति भए अनुसार तुम्बाहाम्फेलाई एमालेले उम्मेदवार बनाएको हो।

मोरङकी तुम्बाहाम्फे एमालेकी समानुपातिक सांसद हुन्। २०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा प्रवेश गरेकी उनी अखिलको केन्द्रीय उपाध्यक्षसमेत बनिसकेकी छन्। तेह्रथुममा जन्मिएकी उनी एमालेको नवौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन्।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...