एमालेले छान्यो ६ मन्त्री, प्रदिप ज्ञवाली परराष्ट्र, रविन्द्र अधिकारी पर्यटनमन्त्री



हाम्रो इकोनोमि

नेकपा एमालेले ६  मन्त्री र एक राज्यमन्त्री छानेको छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेताहरुसँगको छलफलपछि मन्त्रीहरुको नाम टुंगो लगमएका हुन् ।

 

ओली सरकारमा एमाले सचिव प्रदिप ज्ञवाली परराष्ट्रमन्त्री बन्ने भएका छन् । अर्का सचिव गोकर्ण् विष्टलाई श्रम तथा रोजगार र नेता रविन्द अधिकारीलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

रघुवीर महासेठ भौतिक पुर्वाधारमन्त्री बन्ने भएका छन् भने शेरबहादुर तामाङ कानुन र जगत विश्वकर्मालाई युवा तथा खेलकुद मन्त्री बन्नेछन् ।

काभ्रे २ बाट चुनाव जितेका गोकुल बास्कोटा ओली सरकारमा सञ्चार राज्यमन्त्री बन्ने भएका छन् । मन्त्रिपरिषद् बैठकमा सहभागी हुने गरी बास्कोटालाई राज्यमन्त्री बनाइएको हो ।

यस्तै लालबाबु पण्डितलाई संघीय मामिला तथा सामाज्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघि उनलाई वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...