निराश र आक्रोसित हुदै उपेन्द्र यादवले भने-आज हामी सरकारमा जाँदैनौं,अब देखाईदिन्छु



हाम्रो इकोनोमि

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले आजको मन्त्री परिषद विस्तारमा आफूहरु सहभागी नहुने बताएका छन्।

यादवले भने, ‘वार्ता त भइरहकै छ, तर धेरै कुरा मिलेको छैन। तर, आज भने हामी सरकारमा जाँदैनौं । उहाँहरुले मन्त्री मण्डल विस्तार गर्नुहुन्छ कि गर्नुहुन्न, त्यो थाहा छैन।’

‘प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग आज फेरि वार्ता हुन्छ त?’ भन्ने प्रश्नमा यादवले भने, ‘त्यो हामीलाई थाहा छैन। बोलाउनु भयो भने वार्ता होला। नबोलाए कसरी वार्ता हुन्छ?’

कुराकानी विषयमा नमिलेको हो, त्यो उनले विस्तृतमा बताउन चाहेनन्। निकै निराश र आक्रोसित देखिएका यादवले यत्तिमात्र भने, ‘सबै कुरा बाहिर आइसकेका छन्। तर, धेरै कुरा मिलेका छैनन्।’

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...