निराश र आक्रोसित हुदै उपेन्द्र यादवले भने-आज हामी सरकारमा जाँदैनौं,अब देखाईदिन्छु



हाम्रो इकोनोमि

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले आजको मन्त्री परिषद विस्तारमा आफूहरु सहभागी नहुने बताएका छन्।

यादवले भने, ‘वार्ता त भइरहकै छ, तर धेरै कुरा मिलेको छैन। तर, आज भने हामी सरकारमा जाँदैनौं । उहाँहरुले मन्त्री मण्डल विस्तार गर्नुहुन्छ कि गर्नुहुन्न, त्यो थाहा छैन।’

‘प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग आज फेरि वार्ता हुन्छ त?’ भन्ने प्रश्नमा यादवले भने, ‘त्यो हामीलाई थाहा छैन। बोलाउनु भयो भने वार्ता होला। नबोलाए कसरी वार्ता हुन्छ?’

कुराकानी विषयमा नमिलेको हो, त्यो उनले विस्तृतमा बताउन चाहेनन्। निकै निराश र आक्रोसित देखिएका यादवले यत्तिमात्र भने, ‘सबै कुरा बाहिर आइसकेका छन्। तर, धेरै कुरा मिलेका छैनन्।’

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...