सिअाइबीले बोर्ड बैठक बसिरहँदा छापा मारेर समात्यो एनसीसी बैंकका ४० कर्मचारी,यस्तो मुद्दा लगाईने



हाम्रो इकोनोमि

प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युराे (सिअाइबी)ले एनसीसी बैंक (नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड) को केन्द्रीय कार्यालय बागबजारमा शुक्रबार बोर्ड बैठक बसिरहँदा छापा मारेकाे छ।

ब्युराेले बैंकका ४० भन्दा बढी उच्च अधिकृतलाइ पक्राउ गरेकाे छ।

केही समयअघि एनसीसीसँग गाभिएको एपेक्स डेभलपमेन्ट बैंक लगायतका बैंकमा भएको घोटालाको अनुसन्धानका लागि सिअाइबीले बैंकका ऋण अधिकृतसहितका अधिकारीहरुलाई नियन्त्रणमा लिएको हो।

ब्युरोले मर्ज भएका बैंकहरुका अधिकारीमार्फत करिब २ अर्ब रुपैयाँ बराबरको घोटाला भएको प्रारम्भिक अनुसन्धानमा भेटिएपछि शुक्रबार बोर्ड बैठकमै छापा मारेको हो। ब्युरोका एसएसपी घनश्याम अर्यालका अनुसार बैंकमा ब्युरोका अधिकारीले अनुसन्धान गरिरहेको मात्र बताए। ‘केही समयमा विस्तृत विवरण ब्युरोले सार्वजनिक गर्दैछ’, उनले भने।

सिअाइबीले ऋण शाखाका अधिकांश कर्मचारीलाई नियन्त्रणमा लिएको हो।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...