आज मन्त्रीको टुंगो लगाएर भोली सपथ खुवाउन यसरी जुटे ओली,क-कस्को चम्किने भयो भाग्य



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद विस्तारका लागि छलफल सुरु गरेका छन् । गएको फागुन १४ गते दोस्रोपटक मन्त्रीपरिषद विस्तार गरेयता यसबारेमा औपचारिक छलफल भएको थिएन ।

तर प्रधानमन्त्री ओलीले थप मन्त्री चयनका लागि बिहीबारदेखि छलफल सुरु गरेको स्रोतले जनाएको छ । मन्त्री छनौटका लागि ओली बिहीबार बिहानैदेखि आन्तरिक छलफलमा जुटेका छन् । यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका शीर्ष नेताले पनि आफ्नो तर्फबाट सरकारमा पठाउन बाँकी मन्त्रीको छनोफानो गर्न छलफल थालेका छन् ।

माओवादीको पार्टी कार्यालय परिसडाँडामा भेला भएका शीर्ष नेताले मन्त्री चयन केन्द्रित छलफल अघि बढाएका हुन् । अनुसार एमाले र माओवादी केन्द्रले संभवत बिहीबारै मन्त्रीको टुंगो लगाउने छन् ।

यसैबिच मन्त्री बन्ने आंकाक्षी धेरै हुँदा र फोरमलाई पनि मन्त्री दिनु पर्ने अवस्था आएपछि मन्त्रालय संख्या बढाउनु पर्ने विषयमा समेत छलफल गर्न भन्दै माओवादी केन्द्र अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास गएका छन् ।

श्रोतका अनुसार प्रचण्डले प्रधानमन्त्री ओलीसँँग मन्त्रालय बढाएर मन्त्री बन्नेको आकांक्षा पूरा गर्न र फोरमलाई पनि सन्तुष्ट बनाउन प्रस्ताव राख्ने छन् । तर माओवादीका अन्य शीर्ष नेताले त्यसो गर्न नुहुने दबाब प्रचण्डलाई दिएका छन् ।

‘पहिले मन्त्रालयको संख्या कम गराउने भनेर सहमति भयो ? अहिले मन्त्रीका आकांक्षी धेरै भए भनेर मन्त्रालय थप्दा बाहिर सन्देश राम्रो जाँदैन भन्नेमा कतिपय नेताले नेतृत्वलाई दबाब समेत दिएका छन’, श्रोतले भन्यो ।

माओवादी केन्द्रका तर्फबाट वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत र बिना मगर अबको मन्त्रीमण्डलमा अटाउने संभावना छ ।

ओली र प्रचण्डबिच सरकारमा जान यसअघि नै सहमति जनाइसकेको संघीय समाजवादी फोरम नेपाललाई कुन कुन मन्त्रालय दिने भन्ने बारे पनि छलफल हुनेछ ।

वाम गठबन्धन र फोरमबिच दुई मन्त्री र एक राज्य मन्त्री फोरमलाई दिने सहमति भइसकेको छ । त्यही सहमतिका आधारमा फोरमले ओलीलाई प्रधानमन्त्रीमा समर्थन समेत गरेको थियो ।

त्यसअघि वाम गठबन्धनमा मन्त्रीमण्डलको आकार प्रधानमन्त्री बाहेक बढीमा १७ मन्त्रालय राख्ने, त्यसमा एमालेले १० र माओवादीले ७ मन्त्रालय लिने सहमति भएको थियो ।

फोरम सरकारमा सहभागी हुने भएपछि उसको माग अनुसार एउटा मन्त्रालय आफूले दिने र अर्को मन्त्रालय माओवादीले दिनु पर्ने एमालेको जोड छ । तर माओवादीले आफ्नो भागबाट मन्त्रालय कटौती नगर्ने मनस्थिति बनाएको छ ।

पहिलो पटक फागुन ३ गते दुई सदस्यीय मन्त्रीमण्डलसहित ओली नेतृत्वको सरकार बनेको थियो ।

प्रतिक्रिया दिनुहोस
४३ हजार अमेरिकी डलर सहित एक युवक पक्राउ

    काठमाडौंबाट रसुवा जाँदै गरेको बसमा  एक युवकको साथबाट ४३ हजार अमेरिकी...

गणतन्त्र दिवसमा पनि प्रधानमन्त्रीले सम्बोधन नगर्ने

    आगामी जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा हुने समारोहमा प्रधानमन्त्री बालेन्द्र...

एकता कायम गर्दै सकियो एमाले सचिवालय बैठक

    एकताको सन्देश प्रवाह गर्दै नेकपा (एमाले) को सचिवालय बैठक सकिएको छ...

भारतको औपचारिक भ्रमणमा जाँदै सभापति लामिछाने

    सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछाने भारतको औपचारिक भ्रमणमा जाने भएका...