सर्वोच्च अदालत प्रशासनले पनि पराजुलीलाई बर्सायो डण्डा, पराजुलीको नाम हट्यो,जोशीको भित्रियो



हाम्रो इकोनोमि

न्याय परिषदका सचिव नृपध्वज निरौलाकाे पत्रका अाधारमा प्रधान न्यायाधीशबाट ‘पदमुक्त’ भएका गोपाल पराजुलीको नाम सर्वोच्च अदालतको आधिकारिक वेबसाइटबाट हटाइएको छ।

सर्वोच्चका बरिष्ठ न्यायाधीश दीपकराज जोशीलाई कायममुकायम प्रधान न्यायाधीश तोकेसँगै पराजुलीको नाम वेबसाइटबाट हटाइएको हो। वेबसाइटकाे न्यायाधीश सूचीकाे माथ्लाे स्थानमा ‘सम्माननीय कायममुकायम प्रधान न्यायाधीश श्री दीपकराज जाेशी’ भन्ने उल्लेख गरिएकाे छ।

बुधबार न्याय परिषद सचिवालयले परीक्षा नियन्त्रण कार्यालयकाे पत्रकाे हवाला दिँदै प्रधान न्यायाधीश पदमुक्त भएको पत्र सर्वोच्चलाई पठाएको थियो। सोही पत्रकाआधारमा जोशीले कामु प्रधान न्यायाधीशको जिम्मवारी पाएका हुन्।

सर्वोच्च प्रशासनले कामुको जिम्मेवारी दिएसँगै जोशीले बिहीबारका लागि सर्वोच्चका पेशी तोकका छन्।

प्रधानन्यायाधीशबाट अवकाश पाइसकेको भन्दै न्याय परिषद् सचिवालयले बुधबार पत्र थमाएका गोपाल पराजुली राष्ट्रपति कार्यालय गएका छन्।

न्याय परिषदबाट अवकाश पत्र आइसकेपछिको अवस्थामा कसरी अगाडि बढ्ने भनेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श गर्न पराजुली बिहान शीतल निवास गएका थिए। केही समय छलफल गरेर पराजुली बाहिरिएको शीतल निवास स्रोतले बतायो।

न्याय परिषद् सचिवालयले बुधबार प्रधानन्यायाधीश पराजुलीको हाल कायम रहेको पदावधि असंवैधानिक भएको निर्णय गरेको थियो। परीक्षा नियन्त्रण कार्यालयले न्याय परिषदलाई पठाएको पत्रमा पराजुलीको शैक्षिक प्रमाणपत्रमा गत साउन २१ गते नै ६५ वर्ष पूरा भएको पुष्टि भएपछि सचिवस्तरीय निर्णयबाट उनी पदमा नरहेको जानकारी गराइएको हो।

यसैबीच, न्याय परिषद्कै पत्रका आधारमा सर्वोच्च अदालत प्रशासनले वरिष्ठतम न्यायाधीश दीपकराज जोशीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिएको छ।

जोशीले आज पदभार सम्हाल्दै आफूसहित सबै न्यायाधीशरुलाई मुद्दाको पेशी पनि तोकेका छन्।

सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीले कायम मुकायम प्रधानन्यायाधीश बनेका छन्।

कार्यभार सम्हाल्दै उनले बिहीबारका लागि मुद्दाको पेशी पनि तोकेका छन्। कायममुकायम प्रधानन्यायाधीश जोशीले आफ्नो एकल इजलाससहित १० वटा इजलास तोकेका छन्।

बुधबार बिदामा रहेकासहित सबै १६ जना न्यायाधीशलाई नै पेशी तोकिएको छ। प्रधानन्यायाधीश गोपाल पराजुलीसँग विवाद भएपछि बुधबार आठ न्यायाधीशले पाँच दिन बिदा बस्ने निवेदन दिएका थिए।

न्याय परिषद् सचिवालयले बुधबार प्रधानन्यायाधीश पराजुलीलाई अवकाश पत्र थमाएपछि अन्यौल रहिरहँदा जोशीले कायम मुकायमको जिम्मेवारी सम्हाल्दै पेशी तोकेका हुन्।

न्याय परिषद्कै पत्रका आधारमा सर्वोच्च प्रशासनले जोशीलाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिएको हो।

प्रतिक्रिया दिनुहोस
सीमामा तारजाली लाउन १ खर्ब बजेट छुट्याउँ : हर्क साम्पाङ

    श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ सीमानामा तारबार गर्नुपर्ने बताएका छन्...

नेपालले भारतको जमिन मिचेको भन्दा ताली पिट्ने सांसदहरू को-को हुन् : एमाले

     नेकपा एमालेले नेपालले भारतको जमिन मिचेको भनेर प्रधानमन्त्री बालेन शाहले भन्दा...

पोखराबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडान हुने

     पोखराबाट संयुक्त अरब इमिरेट्सको दुबई सहरका लागि नियमित अन्तर्राष्ट्रिय व्यावसायिक हवाई...

स्ट्रेट अफ हर्मुज पूर्णरूपमा बन्द गरेको घोषणा, तेलको मूल्य बढ्ने संकेत

  इरानले आज स्ट्रेट अफ हर्मुज पूर्णरूपमा बन्द गरेको घोषणा गरेको छ ।...