ग्रामीणदेवी माध्यामिक विद्यालयले यसरी मनायो भब्य रुपमा ५५ औँ वार्षिकोत्सव



हाम्रो इकोनोमि

ग्रामीणदेवी माध्यामिक विद्यालयले आफ्नो ५५ औँ वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । शिवपुरी गाउँपालिका वडा ७ मा अवस्थित उक्त विद्यालय २०७२ सालका महाभूकम्पमा परी पूर्ण क्षति भएको थियो । उक्त विद्यालय जर्मनी संस्था नेपाल हिल्फ इम क्लाईनन रामनले निर्माण गरिदिएपछि अहिले उक्त भवनमा विद्यार्थीहरु पूर्ण रुपमा पठनपाठन गर्ने वातावरण बनेको छ । 

नेपाल च्याप्टर हेर्ने पार्सल अफ पिस नेपालका अध्यक्ष माला धितालले सहयोग कार्यक्रमको समन्वय गरी करीब १ करोड २५ लाख लगानीमा १७ कोठाको भवन निर्माण भएको हो । २०० जना विद्यार्थी एवं शिक्षकहरुलाई दिवा खाजा समेत प्रदान गर्दै आएको संस्थाले ४ जना सहयोगीहरुलाई समेत रु. ५ हजारको दरले पारिश्रमिक दिँदै आएको छ ।

शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाको प्रमुख अतिथ्यमा सम्पन्न वार्षिकउत्सव समारोह एवं भवन उद्घाटन समारोहमा विशेष अतिथि जर्मनी नागरिक मान फ्रेड लोसर्ड थिए भने जिल्ला समन्वय समितिका सदस्य रामसिंह तामाङ, वडा नं. ७ का वडाध्यक्ष माधवप्रसाद भेटुवाल, वरिष्ठ पत्रकार श्यामराज पाठक, स्थानीय राजु पाण्डे र कृष्णप्रसाद पाण्डेको विशेष उपस्थिति थियो ।

कार्यक्रममा मन्तव्यको क्रममा गाउँपालिकाका अध्यक्ष थापाले सरकारी विद्यालयलाई प्रतिस्पर्धात्मक बनाई गुणस्तरीय शिक्षा प्रदान गरी शहरमा अध्ययनरत विद्यार्थीलाई गाउँमै फिर्ता गर्न गाउँपालिका निरन्तर क्रियाशील रहने प्रतिवद्धता व्यक्त गर्नुका साथै विद्यालय निर्माणमा सहयोग पु¥याउने जर्मनी संस्था, नेपाल सहयोगी संस्था र स्थानीय सहयोगीहरुलाई समेत धन्यवाद दिए । पार्सल अफ पिस नेपालका अध्यक्ष धितालले यस प्रकारको सहयोग अन्य ठाउँमा पनि सञ्चालन भईरहेको र निरन्तर यो प्रक्रिया अगाडि जाने प्रतिवद्धता व्यक्त गरेका थिए । ‘भूकम्प पछिको दर्दनाक अवस्था देखेर म भावुक भई यो सहयोगको लागि उत्साहित भएको हुँ’, विशेष अतिथि जर्मनी नागरिक मान फ्रेड लोसर्डले भने, ‘म निरन्तर यो सहयोग कार्यक्रममा क्रियाशील रहने छु’ । कार्यक्रमको व्यवस्थापन सावित्री गुरुङ र नुवाकोट संयोजक अर्जुनप्रसाद थपलिया गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...