पदमुक्त प्रधानन्यायाधीशले राष्ट्रपतिलाई यसरी खुवाए सपथ,सपथको बैधानिकता माथि उठ्यो प्रश्न



हाम्रो इकोनोमि

दोस्रो कार्यकालमा नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानन्यायाधीश गोपाल पराजुलीबाट पद तथ गोपनीयताको सपथ लिएकी छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित शपथ ग्रहण कार्यक्रममा भुपेन्द्रप्रसाद अर्यालले भण्डारी निर्वाचित भएको पत्र पढेर सुनाएका थिए भने बधाईसमेत दिए।
सपथ कार्यक्रममा प्रधानन्यायाधीशसँगै उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख बहालवाला मन्त्रीहरू, पूर्वमन्त्रीहरु,प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष, सासदहरु, कुटनीतिक निकायका प्रमुखहरु, संवैधानिक निकायका प्रमुख लगायत उपस्थित थिए।

गणतन्त्र घोषणापछि दोस्रो राष्ट्रपति भण्डारीले दोस्रो कार्याकाल सम्हाल्ने अवसर प्राप्त गरेकी हुन्। भण्डारीले राष्ट्रपतिको पहिलो कार्यभार सम्हाल्दाको माहोल भन्दा भिन्‍न देखिएको थियो। पहिलेभन्दा पनि अझ बढी कूटनीतिक निकायका प्रतिनिधिहरु सपथ कार्यक्रममा उपस्थित थिए।

राष्ट्रपति भण्डारी पनि निकै प्रशन्‍न मुन्द्रामा देखिएकी थिइन्। उता शपथलगत्तै बुधबारदेखि नै लागू हुने गरी प्रधानन्यायाधीश पराजुलीलाई न्याय परिषद् सचिवालयले पदमुक्त भएको जानकारीसमेत गराएको छ।

प्रतिक्रिया दिनुहोस
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

    ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको...

पहिरोले पुरिएर स्याङ्जामा एक जनाको मृत्यु

    अविरल वर्षापछि आएको पहिरोमा पुरिँदा स्याङ्जामा एकजनाको मृत्यु भएको छ ।...

मीटरब्याज पीडितहरू र गृहमन्त्रीको वार्ता निष्कर्षविहीन

     मिटरब्याज पीडितहरूको काठमाडौं केन्द्रित पैदल न्याय मार्च तीन दिनदेखि बाराको निजगढमै...

गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...