प्रेमीले प्रेमिकाको आँखा र अनुहारमा उम्लिरहेको घिउ हाल्दिए,पश्चिम नेपाल महिला हिंसा बढ्दै



हाम्रो इकोनोमि

पश्चिम नेपालको कैलाली कञ्चनपुर यतिबेला मानव अधिकार उलंघन र महिला हिंसाका घटना चुलिँदै गएका छन । केहीदिन अघि कैलालीको घोडाघोडी नगरपालिकामा एक युवतीलाई बोक्सीको आरोपमा निर्मम रुपमा कुटपिट भएको घटना नसेलाउदैँ आज निर्मम रुपमा पनि युवती माथी कुटपिट भएको छ ।

बुधबार बिहान १० बजे भिमदत्त नगरपालीका वडा नम्बर ५ की २४ बर्षिया सोनी चन्दलाई भिमदत्त नगरपालीका १० गड्डाचौकी बस्ने २७ बर्षिय राकेश चन्दले सोनिको घरमै आई कुटपिट गरेका हुन । कुटपिटबाट सोनीको आँखामा गम्भिर चोट लागेको छ । राकेशले आफ्नो औँलाहरुले सोनीको आँखाघोचेको र उनको अनुहारमा तातो उम्लिरहेको घिउ फालीदिएका थिए ।

उनलाई उपचारका लागी महेन्द्रनगर आँखाअस्पतालमा ल्याईएको तर उनको आँखाबाट रगत बग्न नरोकिएको हुँदा थप उपचारका लागी कैलालीको गेटा अस्पताल लगिएको छ । सोनी माथी हमला गर्ने राकेश चन्दको खोजी भईरहेको कञ्चनपुर जिल्ला प्रहरी ले बताएको छ । श्रोतका अनुसार उनीहरु प्रेमी प्रेमिका हुन्।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...