एकतापछि उमेरको सीमा हटाउन बामदेवले थाले लबिङ्ग,माओबादीले जोरी खोजे यसरी पाता कसिने



हाम्रो इकोनोमि

एमाले र माओवादी केन्द्रबीच एकताका लागि गृहकार्य जारी रहँदा दुबै पार्टीका तर्फबाट आ–आफ्ना स्वार्थहरु प्रकट हुन थालेका छन्।स्रोतका अनुसार, विधानसम्बन्धी कार्यदलको बैठकमा एमाले र माओवादी तर्फका नेताहरुले आआफ्ना नेताहरुलाई ध्यानमा राखेर नयाँ प्रावधानहरु विधानमा राख्न लबिङ गरिररहेका छन्।

गत शनिवार विधानसम्बन्धी कार्यदलका संयोजक रामबहादुर थापाले गृहमन्त्रालयमा बोलाएको बैठकमा विधानसम्बन्धी छलफल भएको थियो।
एमालेका बेदुराम भुसाल र माओवादीका वर्षमान पुनले तयार गरेको ७७ धारासहितको विधानमा आफूलाई अनुकूल हुने धाराहरु घुसाउन नेताहरुले चलखेल सुरु गरेका छन्।

एकतापछिका लागि प्रस्ताव गरिएको विधान मूलत एमालेको विधानमा रहेका प्रावधानहरुलाई मुख्य आधार बनाएर मस्यौदा गरिएको छ। शनिवारको बैठकमा आठ वटा धाराहरुमाथि दफावार छलफल भएर टुंगो लागेको छ ।
एमालेको विधानमा ७० वर्ष उमेर पुगेका नेताहरुलाई अनिवार्य अवकाशको व्यवस्था गरिएको छ।

तर, एमालेका नेताहरुले नै एकीकृत पार्टीको विधानबाट उक्त प्रावधान हटाउन चलखेल गरेको कार्यदलका एक सदस्यले बताए। नयाँ मस्यौदामा ७० वर्षको प्रावधान प्रस्ताव गरिएको छ।
स्रोतका अनुसार, एमाले उपाध्यक्ष वामदेव गौतमले उक्त प्रावधान हटाउन लबिङ गरिरहेका छन्। ७० वर्षे प्रावधान कायम रहेमा उनी अर्को वर्षबाट पार्टीको कार्यकारी जिम्मेवारीबाट स्वतः मुक्त हुनेछन्।

पार्टी एकताको प्रसंग नचल्दै पनि उनले उक्त प्रावधान हटाउन लबिङ थालेका थिए। एक नेताले भने, ‘कार्यदलमार्फत् नै उक्त कुरा टुंग्याउने गरी उहाँ लाग्नुभएको छ।’

माओवादी पक्षले भने दुई पटकभन्दा बढी एउटै पदमा उम्मेदवार हुन नपाइने प्रावधान राख्न चाहेको छैन। एमालेको विधानमा रहेको उक्त प्रावधान नयाँ विधानमा पनि समेटिएको छ।
त्यसो भएमा आफ्ना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई असर पर्नसक्ने भन्दै उक्त प्रावधान नराख्न माओवादी नेताहरुले जोड गरेका छन्।

प्रस्तावित विधानमा कमिटीमा रहने सदस्यहरुको संख्या खाली छाडिएको छ। स्रोतका अनुुसार, माओवादीका ५० र एमालेका सय गरेर १ सय ५० सदस्यीय केन्द्रीय कमिटी बनाउनेबारेमा गृहकार्य चलेको छ।
कार्यदलमा रहेका एक नेताले त्यस्तो गरियो भने बहुमत केन्द्रीय कमिटी बाहिर रहने बताए। उनले भने, ‘मानौं, एमालेका बहुमत केन्द्रीय सदस्यले हाम्रो पार्टी कायम छ भनेर निर्वाचन आयोगमा लिखित निवेदन दिएमा त्यस्तो बेलामा के गर्ने भन्ने जस्ता प्रश्न उठेको छ।’

प्रतिक्रिया दिनुहोस
४३ हजार अमेरिकी डलर सहित एक युवक पक्राउ

    काठमाडौंबाट रसुवा जाँदै गरेको बसमा  एक युवकको साथबाट ४३ हजार अमेरिकी...

गणतन्त्र दिवसमा पनि प्रधानमन्त्रीले सम्बोधन नगर्ने

    आगामी जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा हुने समारोहमा प्रधानमन्त्री बालेन्द्र...

एकता कायम गर्दै सकियो एमाले सचिवालय बैठक

    एकताको सन्देश प्रवाह गर्दै नेकपा (एमाले) को सचिवालय बैठक सकिएको छ...

भारतको औपचारिक भ्रमणमा जाँदै सभापति लामिछाने

    सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछाने भारतको औपचारिक भ्रमणमा जाने भएका...