ओली सरकारले प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन थाल्यो कसरत,गोपालले चोलेन्द्रलाई आजै डाम्ने



हाम्रो इकोनोमि

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवले प्रधानन्यायाधिशले गलत काम गरेको आरोप लगाउँदै महाअभियोग लगाउने चेतावनी दिएका छन् । टेलिभिजन कार्यक्रम धमलाको हमलामा ऋषि धमलासँग कुरा गर्दै मन्त्री यादवले दुई तिहाई बहुमतको सरकारले नराम्रो काम गर्नेलाई नछोड्ने चेतावनी दिए ।

यता सर्वोच्च अदालतकै न्यायाधीशले बेञ्च बहिस्कार गरेपछि नैतिक संकटमा परेका प्रधानन्यायाधीश गोपाल पराजुलीले दैनिक पेशी तोकेका छन् ।
पराजुलीले साउनमा नै अवकास पाएको भन्दै सोमबार न्यायाधीश चालेन्द्रशम्शेर जबराले उनी नेतृत्वको पूर्ण इजलास बहिस्कार गरेका थिए । लगतै न्यायाधीशहरुले पराजुलीलाई विदा बस्न सुझाव दिएका थिए ।
तर, पराजुलीले मंगलबार पेशी तोकेका छन् । उनले आफूसहितको बेञ्च गठन गरेका छन् । न्यायाधीश जबरालाई भने कुनै बेञ्च दिइएको छैन । स्रोतका अनुसार न्यायाधीश जबरामाथि अदालतको अवहेलनाको मुद्दा दर्ता गर्ने तयारी छ ।

आइतबारदेखि सुनुवाइ सुरु भएर ‘हेर्दाहेर्दै’ रहेको गोविन्द केसी र कान्तिपुर दैनिकविरुद्धको अवहेलना मुद्दा अनिश्चित समयका लागि स्थगित भएको छ।

प्रधानन्यायाधीश गोपाल पराजुलीले आफ्नै पूर्ण इजलाश सर्वोच्चका न्यायाधीश चोलेन्द्र शमशेर राणाले बहिस्कार गरेपछि सोमबार सुनुवाइ हुन नसकेको मुद्दा मंगलबार पेशी तोकिएको छैन।न्यायाधीश राणाबारे धारणा बनाउन प्रधानन्यायाधीश पराजुलीले अन्य सहकर्मी न्यायाधीशसँग राय मागेका थिए। अन्य न्यायाधीशहरुले विवादित हुनुभन्दा अलग हुन सुझाव दिएपछि प्रधानन्यायाधीश पराजुलीले उक्त मुद्दाको पेशी मंगलबार नतोकेका हुन्।

मंगलवार प्रधानन्यायाधीश पराजुलीले सोमबार इजलाश बहिस्कार गरेका राणाको नाममा कुनै पनि मुद्दा पेशी तोकेका छैनन्। पराजुलीले आज आफूसहित ११ इजलाश तोकेका छन्। तर राणालाई कुनै पनि मुद्दा तोकिएको छैन। पराजुलीले आफूलाई तेजबहादुर केसीसँग पूर्ण इजलाश तोकेका छन्।

सर्वोच्च प्रशासन स्रोतका अनुसार राणाको कदम न्यायिक इतिहासमै गलत भएकोले त्यस बारेमा अन्य न्यायाधीशको धारण बुझ्न प्रधानन्यायाधीश पराजुलीले दिउँसै बैठक डाकेका थिए। उक्त बैठकमा वोल्ने अधिकांश न्यायाधीशहरुले आफूविरुद्ध आरोप लागेको मुद्दा आफ्नै नेतृत्वमा इजलाश तोक्नु गलत भएको सुझाव दिएपछि पराजुलीले मुद्दा सुनुवाइका लागि पेशी तोकेनन्।

साउनमै अवकाश पाउनुपर्ने व्यक्तिसँगै बसेर मुद्दा हेर्न नसक्ने धारणा सार्वजनिक गर्दै राणा सोमबार इजलाश बहिस्कार गर्दै अदालत परिसरबाट बाहिरिएका थिए।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...