प्रचण्डलाई गिनिज बुकमा नाम लेखाउन रहर,गगन थापाले ओली बिरुद्दको कुण्ठाको यसरी पोखे कहर



हाम्रो इकोनोमि

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कतिजना प्रधानमन्त्री बनाए गिनिज बुकमा नाम लेख्न मिल्छ भन्दै सांसदहरुसमक्ष प्रश्न गरेका छन्। नेपालमा शान्ति प्रक्रियामा आएपछिका १० वर्षमा १० प्रधानमन्त्री बनेको र आठ जनालाई आफैंले प्रस्ताव गरेको भन्दै दाहालले यस्तो प्रश्न गरे।

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिँदै प्रचण्डले आफूलाई यसमा खुसी र गर्व दुवै भएको बताएका हुन्। दाहालले भने, ‘यो पटक मलाई नयाँ अनुभूति भएको छ। संविधान घोषणा गरेर। तीन तहको निर्वाचन गरिसकेपछि देशमा राजनीतिक स्थायित्वको कसम खाएर प्रधानमन्त्रीलाई विश्वासको मत दिने पहिलो हस्ताक्षरकर्ता भएकोमा गर्वानुभूति छ।’

उनले अहिलेको प्रस्ताव र हस्ताक्षर बिल्कुलै नयाँ भएकोसमेत जानकारी दिए। ‘यो विगतको जस्तो होइन। विलकुल नयाँ कुरा हो। संसदीय व्यवस्था र अभ्यासको कुरा पटकपटक भन्नुभएको छ। संविधानमा के लेख्यौँ सबैलाई थाहा छ। हामी अहिले समावेशी लोकतन्त्रको अभ्यास गर्दै छौँ। विल्कुल संसदको मात्र कुरा गर्यौँ भने त्यो गलत हुन्छ’, उनले भने।

नेपाली कांग्रेसका नेता गगनकुमार थापाले आइतबार संसदमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीको दुई तिहाइको दिव्य शक्तिको मोहको कारण के हो भनी प्रश्न गरेका छन्।

उनले भने, ‘प्रधानमन्त्रीज्यू महाथिर मोहम्मदको ठूलो प्रशंसक हुनुहुन्छ रे। के अब हामी त्यही दिशामा अघि बढ्न लागिरहेका छौँ?’

उनले ओलीले लगभग दुई तिहाइ पाउने स्पष्ट भएको उल्लेख गर्दै आफ्ना प्रतिबद्धता पूरा गर्न प्रधानमन्त्रीसँग आग्रहसमेत गरे।

प्रधानमन्त्री केपी ओलीले धोती लगाउनेहरुको मन फटाएको उल्लेख गर्दै मतले मात्र त्यसलाई जोड्ननसक्नेसमेत बताए। ‘खबरदारी गर्न हामी प्रतिपक्षमा बस्न चाहन्छौँ,’ उनले भने।

‘सरकारलाई बेलाबेलामा घच्घच्याउन हामी प्रतिपक्षमा बस्न चाहन्छौँ’, उनले भने।
उनले प्रधानमन्त्री केपी ओलीले अब जे पनि बोल्न नपाइनेसमेत उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस
एमाले पुनर्गठन हुन्छ, सबै अटाउँछन् : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेकपा एमाले पुगर्नठनको बाटोमा रहेको र...

गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...