सांसदलाई साक्षी राख्दै बिश्वासको मत माग्दै ओलीले भने- भ्रष्टाचार हुन दिन्न, भ्रष्टाचार गर्दिन



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नगर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
संसदमा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले आफू प्रधानमन्त्री हुनका लागि मात्रै भएको नभएर देशका लागि केही गर्न प्रधानमन्त्री भएको स्पष्ट गर्नुभयो । र अगाडि भन्नुभयो– भ्रष्टाचार गर्दिन, भ्रष्टाचार हुन दिन्न ।
प्रधानमन्त्रीले आफू विश्वासको मत लिएर दमनकारी शासक हुन नखोजेको पनि बताउनुभयो । सुशासन दिने शासक हुन चाहेको बताउँदै सरकार विकासको अग्रणी हुन्छ, भ्रष्टाचार विरोधी हुन्छ, सदाचारको अभियन्ता हुन्छ’ भन्नुभयो ।

उहाँले भन्नुभयो, “राष्ट्रिय विकासको अभियान सत्ता पक्षको मात्र नभई हामी सबैको साझा यात्रा हो । यस यात्राको अगुवाइ सत्ता पक्षले गर्ला, प्रधानमन्त्री भएकाले मैले गर्नुपर्ला । तर सबैको यात्रा यही हो ।”

देशलाई अगाडि बढाउने हो भने सहमतिका साथ अगाडि बढ्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले भन्नुभयो, “हामी शान्ति चाहन्छाँै, स्थिरता, स्थायित्व र शान्ति होस् अनिमात्र विकास गर्न सक्छौँ । सामान्य अवस्थामा पक्ष र प्रतिपक्ष भएर विवाद गर्न सक्छौँ । तर यतिबेला सत्ता पक्ष र प्रतिपक्ष भएर जसरी पनि विरोध गर्ने सुविधा छैन । प्रतिपक्ष पनि सहयोगी हुनुपर्छ ।”

लोकतन्त्रका आधारभूत मूल्य मान्यतालाई अंगीकार गर्दै, शक्ति पृथकीकरण, स्वतन्त्र न्यायपालिका, समावेशीता, समानुपातिक प्रतिनिधित्व र त्यसका लागि आवश्यक पर्ने कार्यहरु, आवधिक निर्वाचन, संवैधानिक प्रतिपक्ष, प्रतिपक्ष हुने अधिकारसहितको राजनीतिक प्रणाली स्थापना भएको प्रधानमन्त्रीको भनाइ थियो ।

संविधानबमोजिम एक महिनाभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने व्यवस्थाअनुसार आफू विश्वासको मत लिन उपस्थित भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “म प्रधानमन्त्रीका लागि प्रधानमन्त्री भएको होइन । म भ्रष्टाचार गर्न प्रधानमन्त्री भएको होइन । म जनताको सेवक हुन चाहन्छु । म दमनकारी होइन, सबैलाई समान व्यवहार गर्छु ।”

आफूलाई प्रतिनिधिसभाका सदस्यले विश्वासको मत दिन नपर्ने कुनै पनि कारण नभएको स्पष्ट पार्दै प्रतिपक्षले पनि विश्वासको मत दिनसक्ने उहाँले स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले प्रदेश नं २ मा संघीय समाजवादी फोरम र राजपा नेपालको सरकार भए पनि एमाले र माओवादी केन्द्रले विश्वासको मत दिएको उदाहरण पेश गर्नुभयो ।

देशको सम्मान बढाउन दलहरुले आफूलाई प्रधानमन्त्रीका रुपमा अगाडि सार्नुभएको स्पष्ट पार्दै उहाँले नेपालको हित र चाहनाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

शान्तिपूर्ण वातावरणमा मात्रै समृद्धिको आधार तयार हुने भन्दै प्रधानमन्त्रीले समृद्धिका लागि कृषि, व्यापार, ऊर्जा, वैदेशिक सहयोग जरुरी रहेको उल्लेख गर्नुभयो ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले चुनावी तालमेल गरेर देश र जनताप्रति प्रतिबद्धता जनाएको उल्लेख गर्दै उहाँले आफ्नो नेतृत्वको सरकार अन्तर्राष्ट्रिय समुदायप्रति जवाफदेही हुने र साझा चुनावी घोषणापत्रमा उल्लेख भएका विषयलाई कार्यान्वयन गरेरै छाडिने दृढ विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, “म देशले सुन्ने गरी भन्न चाहन्छु हाम्रा प्रतिबद्धतामा तलमाथि हुँदैन । हामी लोकतन्त्रका लागि लडेर आएका हौँ, लोकतान्त्रिक गणतन्त्रका लागि लडेका हौँ । यसमा तलमाथि हुँदैन ।”

उहाँले जनताको जीवनलाई सकारात्मक परिवर्तन गर्ने, अधिकारलाई अधिकारमात्रै होइन, उपभोग गर्ने हैसियतमा पु¥याउने, लोकतन्त्रलाई, सामाजिक–आर्थिक अधिकारसहितको लोकतन्त्र संस्थागत गर्ने, नागरिकका आस्था, विश्वास, तिनीहरुको सम्मान गर्ने विषयमा विशेष ध्यान दिने स्पष्ट पार्नुभयो ।

बहुभाषिक, बहुजातीय, विभिन्न आस्था विश्वास, समान्तवादले गरेको विभेदको अन्त्य गर्ने, विभेदरहित समाज स्थापना गर्ने, सामाजिक न्याय र समानता संविधानमा व्यवस्था गरेको भन्दै प्रधानमन्त्रीले विविधतायुक्त हाम्रो समाजलाई अगाडि बढाउने, सामाजिक एकतासहितको आर्थिक समृद्धिको मार्ग पहिल्याउने यात्रामा अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

जनताले भनेअनुसार चल्ने राजनीतिक प्रणाली स्थापित भइसकेकाले अब कोही कसैले पनि क्रान्ति भनेर समाजलाई दुःख दिन नपाइने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

    ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको...

पहिरोले पुरिएर स्याङ्जामा एक जनाको मृत्यु

    अविरल वर्षापछि आएको पहिरोमा पुरिँदा स्याङ्जामा एकजनाको मृत्यु भएको छ ।...

मीटरब्याज पीडितहरू र गृहमन्त्रीको वार्ता निष्कर्षविहीन

     मिटरब्याज पीडितहरूको काठमाडौं केन्द्रित पैदल न्याय मार्च तीन दिनदेखि बाराको निजगढमै...

गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...