पैसा असुलेर अस्पताल संगै बेश्यालय चलाउन प्रहरीको अनुमती,यी-यी ठाउमा चलेका छन् प्रहरीको संरक्षणमा कोठी



हाम्रो इकोनोमि

लामो समयदेखि ललितपुरको सातदोबाटो क्षेत्रमा प्रहरीकै संरक्षणमा खुलेआम यौनजन्य गतिविधि र जुवा अड्डा सञ्चालन हुने गरेको तथ्य सार्वजनिक भएको छ । ललितपुरका ग्वार्को, हात्तीवन, नख्खीपोटलगायत क्षेत्रमा सञ्चालित होटेल तथा गेष्टहाउसमा युवती राखेरै खुलेआम यौनधन्दा हुने गरेको छ ।

यी सबै कुराको जानकार रहेको सातदोबाटो प्रहरीका प्रमुख नै यस्ता धन्दालाई संरक्षण गर्दै आएका खुलेको छ । ग्वार्को, इमाडोल, लुभु, गोदाबारी, धापाखेल, एकान्तकुना, नख्खीपोट, खुमलटारलगायतका क्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी सम्हाल्दै आएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख नै यस्तो गैरकानुनी गतिवधिको संरक्षण गर्दै आएका छन् ।

ललितपुरको हात्तीवनमा रहेको टायलघर रिसोर्ट आफैंले युवती राखेर यौनधन्दा सञ्चालन गर्दै आएको छ । प्रहरीले यो रिसोर्टबाट मासिक माटो रकम बुझ्ने गरेको नाम नबताउने सर्तमा रिसोर्टमा काम गर्ने एक कर्मचारीले बताए । हात्तीवनकै हात्तवन रिसोर्टले प्रहरीलाई मोटो रकम बुझाउँछ ।

सो रकम बुझ्न सातदोबाटो प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) विनोद सिलवालका विश्वासपात्र प्रहरी हबल्दार दीपक पोखरेल सम्म पुग्ने गरेको रिसोर्टका कर्मचारीले बताए । पोखरेल सातदोबाटो वृत्तबाट सादा पोसाकमा खटिने प्रहरी हुन् ।

प्रहरीले सूचना संकलनका लागि भनेर सादा पोसाकमा प्रहरी खटाउने गरेको छ । ललितपुरमा यौन अड्डा सञ्चालन हुने अर्को ठाउँ हो, चापागाउँ दोबाटोमा रहेको नमस्ते रेस्टुरेन्ट । रेस्टुरेन्टभित्र प्लाइउडले बारे र बनाइएको एक कोठा छ । सोही बन्द कोठाभित्र यौनधन्दा हुन्छ ।

स्थानीयहरुले त्यहाँ यौनधन्दा हुने गरेको भनेर पटक पटक प्रहरीको ध्यानाकर्षण गराइसकेका छन् । तर प्रहरीको कुनै पनि टोलीले त्यहाँ छापा मार्दैन । होटेल सञ्चालकले मासिक मोटो रकम बुझाएर प्रहरीका हाकिमको मुख बन्द गराउँदै आएका छन् ।

सातदोबाटो चोकका एप्पल रेस्टुरेन्ट, महालक्ष्मीस्थानको दरबार दोहरी, थमीखेलको तीनपाने दोहरीमा पनि यौनधन्दा हुन्छ । यी रेस्टुरेन्ट र दोहरी सञ्चालकले प्रहरीलाई मासिक १० देखि १५ हजारसम्म बुझाउँछन् । नक्खु खोलामा रहेको सिलौटी रिसोर्टबाट समेत प्रहरीले पैसा बुझ्ने गरेको छ ।

ललितपुरको ग्वार्कोमा रहेको बी एण्ड बी अस्पताल क्षेत्रमा सञ्चालित होटेलहरुमा पनि खुलेआम यौनधन्दा हुन्छ । बी एण्ड बी अस्पताल क्षेत्रका होटेलबाट पैसा उठाउने जिम्मा पनि एक होटेल सञ्चालकले नै लिएका छन् । ती नहुन्, जीवन महर्जन । उनले मासिक मोटो रकम सातदोबाटो वृत्तका हबल्दार पोखरेललाई बुझाउँछन् ।

प्रहरी हबल्दार पोखरेले केही रकम आफूलाई राखेर अरु सबै रकम आफ्ना हाकिम डीएसपी सिलवाललाई बुझाउँछन् । प्रहरी हबल्दार पोखरेलले नख्खीपोट क्षेत्रका सेकुवा पसलदेखि पुल हाउससम्मबाट समेत मासिक हप्ता उठाउँछन् ।

प्रहरीसँग निहुँ खोज्दा धन्दा नै चौपट हुने डर हुन्छ, ललितपुरको नख्खीपोट क्षेत्रमा सेकुवा पसल सञ्चालन गर्दै आएका एक व्यापारीले नाम उल्लेख नगर्ने सर्तमा भने, अरु व्यापारी पनि बोल्ने कोही हुँदैनन् । सबैले मासिक हप्ता बुझाउँदै आएका छन्, छलफलमा उल्लेख छ ।

डीएसपी सिलवालका विश्वासपात्र रहेका हबल्दार पोखरेलको अर्को धन्दा पनि छ, जग्गा दलालीको । उनी भीम लामा नाम गरेका एक व्यक्तिसँग जग्गा दलालीमा संलग्न छन् । लेदनदेनको विवादमा पटक पटक प्रहरीले पक्राउ गरेका भीम फुलमुन नामक सहकारीका सञ्चालक हुन् ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...