भारत संग झुकाब राख्ने बाबुराम भट्टराईले मलेशिया बाटै ओलीलाई हाने यस्तो झटारो,मोदी नेपाल आउदै



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा आज विश्वासको मत लिँदैछन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाहेक अन्य सबैजसो पार्टीले ओलीलाई विश्वासको मत दिने भएपनि प्रतिनिधि सभामा एक सिटमात्र रहेको नयाँशक्ति नेपालका संयोजक बाबुराम भट्टराईले भने ओलीको पक्षमा मतदान नगर्ने भएका छन्।

नयाँशक्तिको सूचना तथा सञ्चार विभागका प्रमुख विश्वद्वीप पाण्डेले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेका छन्, सरकारबारे नयाँ शक्ति पार्टीको निर्णय भनेको सरकार छ भनी विश्वास गर्ने, तर विश्वासको मत नदिने हो। नयाँ शक्ति प्रतिपक्षी भई बस्नेछ। सरकारका कामलाई गुण र दोषका आधारमा मूल्यांकन गरी सही कामको समर्थन र गलत कामको विरोध खबरदारी गरिनेछ।

रमाइलो त के भने नयाँशक्तिले राष्ट्रिय मान्यता प्राप्त नगरेपनि भट्टराई स्वतन्त्र सांसदका हैसियतमा प्रतिनिधि सभा सदस्य छन्। नयाँशक्तिले भोट नै दिने निर्णय गरेपनि भट्टराईले ओलीको पक्षमा आज मतदान गर्न सक्दैनन्। किनभने, उनी अहिले नेपालमा छैनन्, दक्षिणपूर्वी एसियाली राष्ट्र मलेसियामा छन्।

साँच्चिकै ओलीको विपक्षमा मतदान गर्ने हो भने भट्टराई नेपाल आउन सक्थे। तर, अघिल्लो हप्ता अर्काे दक्षिणपूर्वी एसियाली राष्ट्र इण्डोनेसिया पुगेका उनी हिजो मलेसिला फर्के, जहाँ उनी अहिले गैरआवासीय नेपाली संघले आयोजना गरेको एउटा कार्यक्रममा सहभागी भइरहेका छन्। र, त्यहीँबाट पाण्डेले भट्टराईले ओलीलाई विश्वासको मत नदिने जानकारी गराएका छन्।

ओलीकै पक्षमा मतदान गर्न चाहेकै स्थितिमा पनि भट्टराईका लागि यो सजिलो छैन। ओलीको पक्षमा मतदान गर्नु भनेको खासमा सत्तारुढ बेञ्चमा बस्नु हो, सरकारमा जानु हो। तर, प्रतिनिधि सभामा आफूमात्र छन्, आफै प्रधानमन्त्री भइसकेको व्यक्ति सरकारमा कुरा भएन। त्यसैले, उनले प्रतिपक्षी बेञ्चमा बस्ने निर्णय गरेका छन्।

जानकारी अनुसार इण्डोनेसियाबाट हिजो मलेसिया पुगेका भट्टराई आज साँझमात्र काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ।

यता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमण गर्ने तयारीमा रहेको भारतीय सञ्चार माध्यमहरुले बताएका छन्। इकोनिक्स टाइम्सकाअनुसार उनी अप्रिल महिनामा नेपालसहित बंगलादेश र भुटानको भ्रमणमा निस्किँदैछन्।

निर्वाचनको पूर्व सन्ध्यामा मोदीले भुटान र बंगलादेशको भ्रमण गर्न लागेका हुन्। यी दुई देशपछि उनको तेस्रो गन्तव्य नेपाल हुनेछ। छिमेकमा हुने निर्वाचनलाई भारतले आफ्नो सबैभन्दा ठूलो चुनौती मान्दै आएको छ। श्रीलंकाको स्थानीय चुनाबमा भारतलाई समर्थन नगर्ने दलले विजय हासिल गरेकाे थियाे।

मोदी यसै वर्ष नेपालमा आयोजना हुने बिमिस्टेक सम्मेलनका लागि पनि नेपाल आउनसक्ने सो पत्रिकाले उल्लेख गरेको छ।
पाकिस्तानका प्रधानमन्त्री शाहिद खाकान अब्बसाीको नेपाल भ्रमणको अर्को हप्तामा भारतीय प्रधानमन्त्री नेपाल आउने विषय चर्चामा आएको हो। नेपालमा रहँदा पाक प्रधानमन्त्रीले भारत—पाकिस्तानबीचको विवादमा नेपालले मध्यस्थता गर्नसक्ने उल्लेख गरेका थिए।

प्रतिक्रिया दिनुहोस
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

    ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको...

पहिरोले पुरिएर स्याङ्जामा एक जनाको मृत्यु

    अविरल वर्षापछि आएको पहिरोमा पुरिँदा स्याङ्जामा एकजनाको मृत्यु भएको छ ।...

मीटरब्याज पीडितहरू र गृहमन्त्रीको वार्ता निष्कर्षविहीन

     मिटरब्याज पीडितहरूको काठमाडौं केन्द्रित पैदल न्याय मार्च तीन दिनदेखि बाराको निजगढमै...

गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...