बिपी दुई तिहाई मत सहितको प्रधानमन्त्री भएकै साल जन्मिएका सभामुखले केपीलाई यसरी बनाउदैछन् दुई तिहाईको प्रधानमन्त्री



हाम्रो इकोनोमि

२०५१ सालको मध्यावधि निर्वाचनमा ६ सिटले एमाले कांग्रेस भन्दा बढि थियो। प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसले ८२ ल्याउँदा एमालेको ८८ थियो। अर्थात् त्यसबेला एमाले संसदमा सबैभन्दा ठूलो पार्टी बनेको थियो। त्यसबेलाको संविधान अनुसार पनि पहिला संसदमा बहुमत प्राप्त पार्टीलाई राजाबाट सरकार गठनका लागि आह्वान गर्नुपर्ने व्यवस्था थियो। तर कसैसँग बहुमत थिएन। त्यसपछि एक वा बढि दल मिलेर सरकार बनाउन दावी गर्नुपथ्र्यो, त्यसमा पनि संभव भएन।

यी दुई बिकल्प नभएपछि संविधान अनुसार संसदमा सबैभन्दा ठूलो दलको हैसियतमा सरकार बनाउने पालो थियो एमालेको । ठूलो दलले यो बाटोबाट सरकार बनाउने भएपनि तीस दिन भित्र संसदमा उसले विश्वासको मत लिनुपर्ने व्यवस्था थियो। त्यस अनुसार संसदमा रहेका सबै दलले मनमोहन अधिकारी नेतृत्वको सरकारलाई समर्थन गर्दै मत दिएका थिए।

यो अवस्था धेरैबेर टिकेन। नौ महिना पुग्न लाग्दै गर्दा अधिकारी नेतृत्वको सरकार विरुद्ध कांग्रेसले अविश्वासको प्रस्ताव दर्ता गर्यो। सरकारले प्रतिनिधिसभा बिघटन गर्यो। पछि सर्बोच्चले प्रतिनिधिसभा पुनस्र्थापना गरिदियो। त्यसपछि सत्ताको एमाले प्रतिपक्षमा पुग्यो।

तर अहिलेको अवस्था फरक भएको छ। नेपालमा कम्युनिष्ट सरकारले पहिलो पटक दुई तिहाई भन्दा बढि मत प्राप्त गर्दैछ। ०५१ सालमा ठूलो पार्टीको हैसियतमा कम्युनिष्टले सरकार बनाएका थिए। आज दुई तिहाईको हैसियतमा सरकार बनाएका छन्। संसदमा एमालेको १२१, माओवादीको ५३ र संघीय समाजवादी फोरमको १७  छ।  यो संख्या जोड्दा ओली सरकारको नेतृत्वमा बनेको सरकारसँग स्पष्ट बहुमत हुन्छ।

नेपालको ईतिहासमा दुई तिहाई पाउने यो दोस्रो सरकार हो। यस भन्दा अघि २०१४ सालको आम चुनावपछि नेपाली कांग्रेसका संस्थापक बीपी कोइराला नेतृत्वको सरकारले संसदमा दुई तिहाई मत पाएको थियो।

एमाले माओवादी एकीकरण पछि संसदमा एउटै दलको  बहुमत पुग्छ। संघीय समाजवादी फोरमले समर्थन गर्दा दुई तिहाई हुन्छ। यदि बीचमा संघीय समाजवादी फोरमले समर्थन फिर्ता लिँदा पनि सरकार ढल्ने छैन।

प्रतिक्रिया दिनुहोस
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

    ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको...

पहिरोले पुरिएर स्याङ्जामा एक जनाको मृत्यु

    अविरल वर्षापछि आएको पहिरोमा पुरिँदा स्याङ्जामा एकजनाको मृत्यु भएको छ ।...

मीटरब्याज पीडितहरू र गृहमन्त्रीको वार्ता निष्कर्षविहीन

     मिटरब्याज पीडितहरूको काठमाडौं केन्द्रित पैदल न्याय मार्च तीन दिनदेखि बाराको निजगढमै...

गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...