एमाले र माओबादीका सांसदको आजै एकता हुने,कांग्रेस बाहेकका सबै सांसद ओलीलाई ल्याप्चे लगाउन राजी



हाम्रो इकोनोमि

पार्टी एकता प्रक्रियामा रहेका वाम गठबन्धन एकै पार्टीको हैसियतमा प्रस्तुत हुने भएका छन् । त्यसका लागी उनीहरु छलफलमा जुटेका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्र को संसदीय दलको संयुक्त बैठक आज आइतबार बस्ने भएको छ ।

प्रधानमन्त्री केपी ओलीले आइतबार संघीय संसद्को प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यक्रमको सन्दर्भमा गठबन्धनका दुवै दलले आफ्नो संसदीय दलको संयुक्त बैठक बोलाएका हुन् । बैठक मध्याह्न १२:३० बजे बस्नेछ ।

संसदीय दलको संयुक्त बैठकलाई प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

पार्टी एकता गर्ने घोषणा गरेका दुवै दलले संयुक्त संसदीय दलको बैठक अभ्यास गर्दै आएका छन् । संयुक्त बैठकपछि प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यक्रम छ । अपराह्नपछि हुने विश्वासको मतदानमा आफ्ना सबै सांसदलाई सरकारको पक्षमा मतदान गर्न बैठकले आग्रह गर्ने जनाइएको छ ।

विश्वासको मतदानमा मधेश केन्द्रित दल पनि प्रधानमन्त्री ओलीको पक्षमा उभिने विश्वास गरिएको छ । त्यसका लागि राजपाले प्रधानमन्त्री ओलीको पक्षमा सहयोग गर्ने बताएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा विश्वासको मत लिने कार्यक्रम छ ।
प्रधानमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिने संवैधानिक व्यवस्थाअनुसार ओलीले आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिन लागेका हुन् ।

ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।
आइतबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा ओलीको पक्षमा रहेका सांसदहरुले आफ्नो मत व्यक्त गर्नेछन् ।

अहिलेसम्मको अवस्थालाई हेर्दा ओली नेतृत्वको सरकारको पक्षमा प्रतिनिधिसभाका २ सय ७५ सांसदमध्ये दुई तिहाई सासंद ओलीका पक्षमा देखिएका छन् ।
कम्तीमा २०९ सांसदको समर्थन देखिएको छ । दुईतिहाइका लागि १ सय ८२ मत आवश्यक पर्छ ।

ओलीको पक्षमा नेकपा एमाले, माओवादी केन्द्र, राजपा, संघीय समाजवादी फोरम, राप्रपा र केही स्वतन्त्र सांसदहरु छन् ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस विपक्षमा छ भने नेमकिपा र नयाँ शक्तिले निर्णय गरिसकेका छैनन् ।

नयाँ शक्ति । नेमकिपाले पनि ओलीलाई नै मत दिने सम्भावना बढि रहेको बताइएको छ ।
संसदमा नेपाली कांग्रेस मात्रै प्रतिपक्ष बन्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले पुनर्गठन हुन्छ, सबै अटाउँछन् : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेकपा एमाले पुगर्नठनको बाटोमा रहेको र...

गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...