ओली सरकारमा जान राजपाले आज यस्तो गर्दैछ निर्णय,ओलीले महन्थलाई एकाबिहानै फोन गरेर यसरी फकाए



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा अाेली मधेसवादी दललाइ सरकारमा ल्याउन प्रयसारत छन्। संघीय समाजवादी फाेरम सरकारमा जाने निश्चित भएसँगै उनी राष्ट्रिय जनता पार्टीका नेताहरूलाइ सरकारमा अाउन अाग्रह गरिरहेका छन्।

बुधबार राजपा राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष महन्थ ठाकुरले आफूलाई प्रधानमन्त्री केपी ओलीले लिखित सहमतिबिना सरकार प्रवेश गर्न अाग्रह गरेकाे पार्टी नेताहरुलाई ब्रिफिङ गरे।

राजपा स्रोतकाअनुसार बुधबार विहान प्रधानमन्त्री ओलीले र ठाकुरबीच टेलिफोन वार्ता भएकाे थियाे। प्रधानमन्त्रीले राष्ट्रपति उम्मेदवार विद्यादेवी भण्डारीको पक्षमा मतदान गर्न अाग्रह गरेकाे ठाकुरले तल्लाे तहका नेताहरूलाइ जानकारी गराए। ‘विद्या भण्डारीलाइ मतदान गर्नुहाेस् र अरू कुरा छाेडेर सरकारमा अाउनुहाेस्’, अाेलीकाे भनाइ उदृत गर्दै ठाकुरले नेताहरूलाइ ब्रिफिंग गरे। सरकारमा बाेलाउने अाेलीकाे प्रस्तावमा के निर्णय गर्ने भनेर पनि नेताहरूलाइ प्रश्न गरेका थिए।

यही सन्दर्भमा शुक्रबार बिहान फेरि अाेली-ठाकुरबीच टेलिफाेन सम्वाद भएकाे छ। ‘आज विहान प्रधानमन्त्री ओली र अध्यक्ष ठाकुरबीच टेलिफोल वार्ता भएको छ। साे वार्ताबारे ३ बजे बस्ने पार्टीकाे बैठकमा उहाँले जानकारी गराउँदै हुनुहुन्छ’, राजपा स्रोतले भन्याे। शुक्रबार ३ बजेका लागि राजपा पार्टी कार्यालयमा पार्टी बैठक बाेलाइएकाे छ।

आइतबार संसदमा भेट हुँदा पनि अाेलीले ठाकुरलाइ सरकारमा अाउन अाग्रह गरेका थिए। त्यसपछि सरकारमा जाने कि नजाने भन्ने विषयमा सोमबार राजपा अध्यक्ष मण्डलका नेताहरूबीच छलफल भएकाे थियाे। बैठकमा संविधान संशाेधनका विषयमा कुरा मिले सरकामा जान सकिने नेताहरूले बताएका थिए।

‘संविधान संशोधनमा कुरा मिलेपछि सरकारमा जान तयार छाैं। सबै कुरा एकैपटक नभए क्रमैसँग हाम्रा मुद्धा सम्वोधन गरे पनि हुन्छ’, राजपा अध्यक्ष मण्डलका नेता शरदसिंह भण्डारीले भने।

अाज शुक्रबार बस्ने भनिएकाे बैठकमा राजपाले सरकारमा जानको लागि आधार तय गर्न सक्ने सम्भावना छ। प्रधानमन्त्री ओलीको प्रस्तावमा राजपाका सबै नेता एकमत छैनन्। असहमत नेताहरूले ओलीले माग पूरा गर्ने सहमतिपत्रमा हस्ताक्षर गरे मात्र सरकारमा जान सकिने बताउँदै अाएका छन्। तर ओलीले राजपालाइ बिनासर्त सरकारमा अाउन अाग्रह गरिरहेका हुन्।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...