ओली सरकारमा जान राजपाले आज यस्तो गर्दैछ निर्णय,ओलीले महन्थलाई एकाबिहानै फोन गरेर यसरी फकाए



प्रधानमन्त्री केपी शर्मा अाेली मधेसवादी दललाइ सरकारमा ल्याउन प्रयसारत छन्। संघीय समाजवादी फाेरम सरकारमा जाने निश्चित भएसँगै उनी राष्ट्रिय जनता पार्टीका नेताहरूलाइ सरकारमा अाउन अाग्रह गरिरहेका छन्।

बुधबार राजपा राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष महन्थ ठाकुरले आफूलाई प्रधानमन्त्री केपी ओलीले लिखित सहमतिबिना सरकार प्रवेश गर्न अाग्रह गरेकाे पार्टी नेताहरुलाई ब्रिफिङ गरे।

राजपा स्रोतकाअनुसार बुधबार विहान प्रधानमन्त्री ओलीले र ठाकुरबीच टेलिफोन वार्ता भएकाे थियाे। प्रधानमन्त्रीले राष्ट्रपति उम्मेदवार विद्यादेवी भण्डारीको पक्षमा मतदान गर्न अाग्रह गरेकाे ठाकुरले तल्लाे तहका नेताहरूलाइ जानकारी गराए। ‘विद्या भण्डारीलाइ मतदान गर्नुहाेस् र अरू कुरा छाेडेर सरकारमा अाउनुहाेस्’, अाेलीकाे भनाइ उदृत गर्दै ठाकुरले नेताहरूलाइ ब्रिफिंग गरे। सरकारमा बाेलाउने अाेलीकाे प्रस्तावमा के निर्णय गर्ने भनेर पनि नेताहरूलाइ प्रश्न गरेका थिए।

यही सन्दर्भमा शुक्रबार बिहान फेरि अाेली-ठाकुरबीच टेलिफाेन सम्वाद भएकाे छ। ‘आज विहान प्रधानमन्त्री ओली र अध्यक्ष ठाकुरबीच टेलिफोल वार्ता भएको छ। साे वार्ताबारे ३ बजे बस्ने पार्टीकाे बैठकमा उहाँले जानकारी गराउँदै हुनुहुन्छ’, राजपा स्रोतले भन्याे। शुक्रबार ३ बजेका लागि राजपा पार्टी कार्यालयमा पार्टी बैठक बाेलाइएकाे छ।

आइतबार संसदमा भेट हुँदा पनि अाेलीले ठाकुरलाइ सरकारमा अाउन अाग्रह गरेका थिए। त्यसपछि सरकारमा जाने कि नजाने भन्ने विषयमा सोमबार राजपा अध्यक्ष मण्डलका नेताहरूबीच छलफल भएकाे थियाे। बैठकमा संविधान संशाेधनका विषयमा कुरा मिले सरकामा जान सकिने नेताहरूले बताएका थिए।

‘संविधान संशोधनमा कुरा मिलेपछि सरकारमा जान तयार छाैं। सबै कुरा एकैपटक नभए क्रमैसँग हाम्रा मुद्धा सम्वोधन गरे पनि हुन्छ’, राजपा अध्यक्ष मण्डलका नेता शरदसिंह भण्डारीले भने।

अाज शुक्रबार बस्ने भनिएकाे बैठकमा राजपाले सरकारमा जानको लागि आधार तय गर्न सक्ने सम्भावना छ। प्रधानमन्त्री ओलीको प्रस्तावमा राजपाका सबै नेता एकमत छैनन्। असहमत नेताहरूले ओलीले माग पूरा गर्ने सहमतिपत्रमा हस्ताक्षर गरे मात्र सरकारमा जान सकिने बताउँदै अाएका छन्। तर ओलीले राजपालाइ बिनासर्त सरकारमा अाउन अाग्रह गरिरहेका हुन्।

प्रतिक्रिया दिनुहोस
पतञ्जलि जग्गा प्रकरणम : माधव नेपाल विशेष अदालतमा हाजिर हुदै

    पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विशेष अदालतमा हाजिर हुँदैछन्

अमेरिकी आक्रमणबाट इरानको परमाणु केन्द्र ध्वस्त भएन

    अमेरिकाको आक्रमणबाट इरानको परमाणु कार्यक्रम पूर्णरुपमा नष्ट नभएको समाचार सार्वजनिक भएको

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो

६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल हुन्छ : अर्थमन्त्री

    उपप्रधानमन्त्री तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले आफूले ल्याएको बजेट यथार्थपरक रहेको बताएका