एमालेको एक जना सांसद थपिदै,कांग्रेस संसदीय दलको उपनेता गच्छादारको सांसद पद यसरी हुदैछ खारेज



नेपाली कांग्रेस संसदीय दलका उपनेता एवं सुनसरी ३ का प्रतिनिधिसभा सांसद विजय गच्छादारले निर्वाचनमा धाँधली गरेको दाबी गर्दै उम्मेदवारी खारेजीसम्मको माग गरिएको मुद्दामा शुक्रबार सुनुवाइ सुरु भएको छ।

प्रधानन्यायाधीश गोपाल पराजुलीसहित ५ न्यायाधीशको संवैधानिक इजलाशले गच्छादारको मुद्दामा सुनुवाइ सुरु गरेको हो।

नेकपा एमालेकी नेतृ भगवती चौधरीले पुस ११ मा दायर गरेकोे निवेदनमा अन्तिम सुनुवाई सर्वोच्चको संवैधानिक इजलाशमा सुरु भएको हो। यसअघि पुस १४ मा सर्वोच्चले गनिएका मतपत्र मगाएको थियो।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम गठवन्धनका तर्फबाट उम्मेवार रहेकी चौधरीले सुनसरी निर्वाचन क्षेत्र ३ मा पराजित भएपछि पुनः मतगणना हुनुपर्ने माग गर्दै अदालतमा निवेदन हालेकी थिइन्।

उक्त मुद्दा पराजुलीसहित अन्य न्यायाधीश दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्र सम्सेर राणा र दीपककुमार कार्कीको इजलाशमा सुनुवाई भइरहेको छ।

सर्वोच्चले उक्त मुद्दामा रिट जारी हुने आदेश गरेमा गच्छदारले  सांसद पद गुमाउनुपर्नेछ। तर, मुद्दा नै खारेज गरेमा चौधरीको माग पूरा हुनेछैन र गच्छदार प्रतिनिधिसभा सांसद कायमै रहनेछन्।

सर्वोच्चको संवैधानिक इजलासमा दर्ता भएको निवेदनमा चौधरीले गच्छादारलाई विजयी गराउन मतपेटिकाको सिल तोडिएको र नक्कली मतपत्र प्रयोग भएको दाबी गरेकी थिइन्। सुनसरी ३ मा गच्छदार ३८ हजार ९ सय ७२ मतसहित विजयी भएका थिए। चौधरीले ३८ हजार ६ सय ५१ मत ल्याएकी थिइन्।

यता प्रतिनिधिसभाको सभामुखमा माओवादी केन्द्रका नेता कृण्णबहादुर महराकोे एक्लो उम्मेदवारी परेको छ। संयुक्त वाम गठबन्धनबाट माओवादी केन्द्रका महराले आज सवा ११ बजे सभामुखमा मनोनयन दर्ता गराएका थिए।

सभामुखको मनोनयनका लागि आज बिहान १० देखि दिउँसो १ बजेसम्मको समय तोकिएको थियो। निर्धारित समयभित्र महराको एक्लो उम्मेदवारी परेको संसद् सचिवालयले जनाएको छ।

सभामुख पदमा महराको मात्र उम्मेदवारी परेपछि प्रतिनिधिसभाको सभामुखमा महरा निर्वाचित हुने निश्चित भएको छ। महरालाई संसद्को‌ ठूलो दल नेकपा एमालेको समर्थन छ।

वाम गठबन्धनको सहमती अनुसार माओवादीले सभामुख पद पाएको थियो। महरालाई सभामुखमा अघि सार्ने निर्णय माओवादी केन्द्रको सचिवालय बैठकले गरेको थियो।

भोलि बस्ने संसद बैठकमा सभामुखको निर्वाचन हुनेछ। मतविभाजनबाट सभामुखमा महरा निर्वाचित हुनेछन्।

प्रकाशित मिति : २५ फाल्गुन २०७४, शुक्रबार  ०८ : २४  बजे

प्रतिक्रिया दिनुहोस
रसुवा बाढी : ११ जनाको शव फेला पर्‍यो, १७ अझै बेपत्ता

    रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता ११ जनाको शव फेला

इजरायली सेनाको आक्रमणमा कम्तीमा ११० जना प्यालेस्टिनी मारिए

    गाजामा इजरायली सेनाको आक्रमणमा शनिबार कम्तीमा ११० जना प्यालेस्टिनी मारिएका छन्

कपिलवस्तुमा बस दुर्घटना, २९ जना घाइते (नामावली)

    पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगपालिका-९ मा बस दुर्घटना हुँदा घाइते भएका

छाउगोठमा सर्पले टोक्दा एक महिलाको मृत्यु

     कञ्चनपुरको कृष्णपुर नगरपालिका-१ निगालीमा एक महिलाको सर्पको टोकाइबाट ज्यान गएको छ