देउवा संग हजार बाजी जित्ने मेयरको यस्तो उपद्रो,सचिबको युवती मोह,तीन हजारलाई जागिर खुवाउन ओलीलाई प्रस्ताब



हाम्रो इकोनोमि

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु मर्हजनले पार्टी सभापति शेर बहादुर देउवासँग एक हजार बाजी जिते । मेयर पद जितेर देखाए देउवाले एक हजार दिने घोषणा जो गरेका थिए सोही बमोजिम उनले एक हजार हात पारेका थिए । गुटभन्दा माथि उठेर काम गर्छन भन्ने आशा गरेर हिजो चिरिबाबुलाई मेयर पदमा जिताएकाहरु अहिले थकथकाउन थालेका छन् । कारण हो चिरिबाबु पनि पदमा पुगेपछि अरुहरु जस्तै भए । उनलाई पनि जनताको कामभन्दा विदेशको शयर प्यारो लाग्न थाल्यो । यो किन यसो भनिएको हो भने चिरिबाबु मेयर पदमा निर्वाचित भएको दश महिना पुग्दैछ । यो बीचमा उनी दशै पटक विदेश शयरमा निस्किए । अर्थात हरेक महिनामा एक पटक विदेश भ्रमणमा निस्कनु चिरिबाबुको तालिका नै भएको छ । महिनामा पन्ध्र दिन विदेश भ्रमण,पन्ध्र दिन समारोहहरुको उद्घाटको रिबन काटने काममै व्यस्त हुन थालेपछि सेवाग्राहीहरुले आक्रोश पोख्ने नै भए ।

चिरिवावुको एक चौथाइ कार्यकाल सकिँदा पनि कुनै गतिलो काम गर्न सकेका छैनन् । उनी तीन सदस्यीय टोली सहित एक साता जापान भ्रमणमा निस्किएर हिजो मात्र स्वदेश फर्किएका छन् । महर्जन यो सहित तेस्रो पटक जापान घुमेर फर्किएका हुन् । उनको साथमा वडा नं. ६ का वडाअध्यक्ष हिटलर शाक्य र कार्यापालिका सदस्य सुप्रभा शाक्य छन् । उनी यस अघि वर्मा, श्रीलंका, कोरिया, थाइल्याण गएका थिए । स्थानीय तहको निर्वाचन भएको १ वर्ष वित्न लागेको अवस्थामा जनताले प्रत्यक्ष अनुभुति हुने काम नगरेको महानगरबासीको गुनासोलाई वेवास्ता गर्दै महर्जन दशौं पटक वैदेशिक भ्रमणमा निष्किएका हुन् । मेयर त फर्किए अब उपमेयर गीता सत्याल विदेश भ्रमणमा निस्किने कार्यक्रम तय भइसकेको छ । महानगरपालिकाले अगाडि सारेका थुप्रै योजनाहरु अलपत्र छन् ।

चुनावका बेलामा मेयर महर्जनले दिएका अन्तवार्तामा तीन महिनामा धुलो हट्ने घोषणा गरेका थिए । आखिर विद्यासुन्दर शाक्यका लागि मात्र गाली गर्नेहरुका लागि चिरिबाबु पनि उनीभन्दा गतिला होइनन् भन्ने उदाहरण चाहिँ विगतमा चिरिबाबुले बोलेका भिडियोहरु हेर्दा प्रष्ट हुन्छ । विद्यासुन्दर शाक्य जातीय चिन्तनबाट माथि नउठ्ने र आफ्नै सम्प्रदायका बाहेक अरुसँग भेटै नगर्ने,अनि चिरिबाबुलाई कार्यकक्षमा कहिले भेट्न नसकिने यस्तै पीडामा गुज्रिरहेछन महानगरवासीहरु ।
उता,अर्काे रमाइलो छ स्थानीय विकास मन्त्रालयको सचिव दिनेश थपलियाको । आफूलाई कम्युनिष्ट हुँ भन्ने यद्यपि उनी कांग्रेस सरकारको हित अनुकुल हुनेगरी काम गर्ने कर्मचारीका रुपमा चिनिने गरेका छन् । उनै थपलियाले हरेक स्थानीय निकायका लागि ३ देखि ५ जनासम्म कर्मचारी करारमा भर्ती गर्नेगरी एउटा प्रस्ताव तयार गरिरहेका छन् । सो प्रस्ताव क्याविनेटबाट पास भएका खण्डमा झण्डै २ हजारदेखि तीन हजार दलका कार्यकर्ताहरुले जागिर पाउनेछन् । यस्मा झण्डा आधा आफ्ना मान्छे नियुक्त गर्ने थपलियाको तयारी रहेको स्थानीय विकास मन्त्रालयका एक कर्मचारीले बताए ।

युवती भने पछी लिप्त हुने थपलियाले संचार सचिब हुदा दर्जनौ युवतीलाई जागिर लगाएका थिए।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...