टोटनहमलाई स्तब्ध बनाउँदै युभेन्टस अन्तिम आठमा



हाम्रो इकोनोमि

दोस्रो हाफको तीन मिनेटमा अन्तरालमा दुई गोल गर्दै इंग्ल्सि क्लब टोटनहम हटस्पर्सलाई हराउँदै युभेन्टस च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।पहिलो लेग टुरिनमा २–२ को बराबरीमा सकिएको खेलको दोस्रो लेगमा सन ह्युङ मिनले पहिलो हाफमा गोल गर्दै टोटनहमलाई अग्रता दिलाए थिए ।निकै रोमाञ्चक बनेको पहिलो हाफमा सन र ह्यारी केनले थुप्रै अवसर गुमाएका थिए भने जान भेर्टोगेनले डगलस कोस्टालाई लडाएपनि युभन्टेसले निश्चित पेनाल्टीको अवसर पाएन ।

खेलमा युभेन्टसले नियन्त्रण राखे पनि खेलको ६४ औँ मिनेटमा सामी खडिराको पासमा गोल गर्दै युभन्ेटेसलाई खेलमा फर्काउने प्रयास गरे ।यसको फाइदा उठाउँदै पाउलो डिबालाले तीन मिनेटपछि अर्को गोल थप्दै टोटनहमलाई स्तब्ध बनाए ।त्यसपछि युभन्टेसले खेलमा फर्कने प्रयास गरे पनि थप गोल गर्न सकेन ।

केनको प्रयास पोष्टमा लागे पनि गोल लाइनमा उर्फदै जाली चुम्न सकेन ।सन् २०१०–११ सिजनको क्वाटरफाइनलसम्म पुगेको स्पर्सको पछिल्लो १८ खेलमा पहिलो पराजय थियो भने युभन्टेस २२ नोभेम्बरदेखि २० खेलमा अपराजित रहेको छ ।योसँगै च्याम्पियन्स लिगबाट बाहिरिने स्पर्स पहिलो इंग्लिस टोली बनेको छ ।

प्रतिक्रिया दिनुहोस
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको ५० प्रतिशत निर्माण सम्पन्न

    चितवनको भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य...

इरानी फुटबल टोली अमेरिका पुग्यो

  अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति घोषणा भएकै समयमा इरानको राष्ट्रिय...

त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...