अर्थमन्त्रालय दायित्व व्यवस्थापन मन्त्रालय भएको छ’



हाम्रो इकोनोमि

आर्थिकरुपमा संघीयता कार्यान्वयन गर्न र चुलिएको जनआकांक्षा पूरा गर्नु चुनौतीपूर्ण रहेको सरकारका आर्थिक निकायका प्रमुखले टिप्पणी गरेका छन् ।
आर्थिक वर्ष २०७४÷७५ को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँहरुले स्रोत जुटाएर राष्ट्रलाई समृद्धिको बाटोमा लैजानु चुनौतीपूर्ण रहेको बताएका हुन् ।

अर्थतन्त्रका विषयमा दर्जनौँ प्रश्नकामाझमा आफू उभिएको बताउँदै अर्थमन्त्री डा युवराज खतिवडाले भन्नुभयो, “अर्थ मन्त्रालय धेरै अर्थमा असीमित दायित्व व्यवस्थापन गर्ने मन्त्रालय भएको छ ।” स्रोत नै नभएका आयोजनालाई कार्यान्वयनमा पठाएको र स्रोत नै नभइकन बजेट निर्माण भएको भन्दै उहाँले पछि सिर्जना भएको दायित्व पूरा गर्नु ठूलो चुनौती भएको बताउनुभयो ।
अर्थमन्त्री खतिवडाले भन्नुभयो, “चालु आवमा रु चारदेखि रु पाँच खर्बको दायित्व व्यवस्थापन गर्नुपर्नेछ ।” उहाँले गत वर्ष नै राजश्व वृद्धि बढेकाले अब थप राजश्व वृद्धि गर्न चुनौतीपूर्ण रहेको बताउनुभयो ।

आयात बढेअनुसार त्यो राजश्वमा प्रतिविम्बित भएको छ कि छैन भन्ने विषयलाई अर्थमन्त्रालयले नजिकबाट हेरेको भन्दै उहाँले कर, भन्सार प्रणालीलाई चुस्त बनाउन खोजिएको स्पष्ट पार्नुभयो ।
जनताले अनुमोदन गरेका योजनालाई कार्यान्वयन गर्नु र केही आर्थिक परिसूचक नकारात्मक भएको उल्लेख गर्दै अर्थमन्त्री ७ देखि ८ प्रतिशतको आर्थिक वृद्धिका लागि बाह्य लगानी आवश्यक भएको बताउनुभयो ।
सो अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले पछिल्लो समयमा रु एक खर्ब ५१ अर्बको वैदेशिक लगानी स्वीकृति हुने क्रममा रहेको भन्दै आर्थिक क्षेत्र सही बाटोमा लाग्ने बताउनुभयो ।
अर्थसचिव शंकरप्रसाद अधिकारीले स्थानीय तहको खर्च बढ्ने बताउँदै खर्च मितव्ययितालाई ध्यान दिएर कार्य गरिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...