बिद्यालाई मध्यरातमा एमालेकै उपाध्यक्षको सत्तोसराप,कांग्रेस बाहेकका सबै दलले समर्थन गर्दा एमाले बाटै षड्यन्त्र



हाम्रो इकोनोमि

‘राष्ट्रपतिको रुपमा तपाईंको भूमिका तटस्थ भएन भन्ने आरोप छ नि!’, उम्मेदवारी दर्ता गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीसँग सञ्चारकर्मीहरुले प्रश्न सोधे। भण्डारीले जवाफ दिइन्, ‘यो कसै-कसैको आरोप हो। तर, मैले जे गरेको छु, देशका लागि खुला किताबजस्तो छ। यथार्थ कुरा बाहिरी आँखाले मात्र होइन, भित्रको आँखाले मूल्यांकन गर्न आवश्यक ठान्छु।’

उम्मेदवारी दर्तापछि राष्ट्रपतिका रुपमा आफ्नो भूमिका तटस्थ गरेपनि भण्डारीलाई राष्ट्रपति चयन गर्न मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा डाकिएको एमाले स्थायी समितिको बैठकमा राष्ट्रपति कार्यालयमा बसेर भण्डारीले एमालेभित्र तीब्र गुटबन्दी गरेको आरोप लाग्यो। यस्तो आरोप लगाउने मध्ये एक थिइन्, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य।

‘तपार्इंहरुले राष्ट्रपतिमा समर्थन गर्नुहोला, तर म कुनै हालतमा विद्यालाई राष्ट्रपति बनाउने कुराको समर्थन गर्दिन’ बैठकमा राष्ट्रपति भण्डारीप्रति निकै आक्रोसित रुपमा प्रस्तुत भएकी शाक्यले कारण पनि खोलिन्, ‘राष्ट्रपतिजस्तो मर्यादित पदमा रहेर एमाले प्रदेशसभा दलको नेता चुनावमा उहाँ मलाई हराउन लाग्नुभयो।’

प्रदेश–३ को एमाले प्रदेश सभा दलको निर्वाचनमा शाक्य हेटौंडा उपमहानगरपालिकाका पूर्व प्रमुख डोरमणि पौडेलबाट पराजित भएकी थिइन। अध्यक्ष केपी शर्मा ओली पक्षबाट दलको नेता उभ्याइएका पौडेल त्यसअघि मुख्यमन्त्रीको रुपमा चर्चामा नै थिएनन्। तर, अकस्मात उम्मेदवार बनेर आश्चर्यजनक रुपमा शाक्यलाई पराजित गरेपछि पौडेल नै प्रदेश–३ को मुख्यमन्त्री बनेका छन्।

स्थायी समिति बैठकमा शाक्यले गरेको दावी अनुसार, राष्ट्रपति भण्डारीले आफूलाई हराउन भन्दै पौडेलको पक्षमा मत माग्ने कामसमेत गरेकी थिइन्। ‘अष्टलक्ष्मी शाक्यलाई कुनै हालतमा जिताउन हुँदैन भनेर डोरमणिको पक्षमा मत माग्ने काम विद्याबाट भयो। राष्ट्रपति जस्तो मान्छेले यसरी कसैको पक्ष विपक्षमा मत माग्न मिल्छ?’

राष्ट्रपति भवनबाटै भण्डारीले एमालेका गुटउपगुट चलाएको दावी पनि उपाध्यक्ष शाक्यले बैठकमा गरेकी थिइन्। ‘विद्या भन्दा पार्टीमा मेरो योगदान कम छ? छ भने भन्नुस् यहाँ तपार्इंहरुले’ आक्रोसित मुद्रामा पेश भएकी शाक्यले भनिन्, ‘तपाईंहरुले जे सुकै गर्नुस्, भन्नुस्। तर विद्यालाई राष्ट्रपति बनाउने कुरामा मेरो समर्थन हुँदैन।’

प्रतिक्रिया दिनुहोस
रास्वपाबाट जनताको भरोसा पूरा हुँदैन : कुलमान

     उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रास्वपाबाट जनताको आशा र भरोसा...

विश्वकपको प्रत्येक क्षणलाई अविस्मरणीय बनाउने टीसीएलको योजना

    विश्व फुटबलको सबैभन्दा ठूलो उत्सव नजिकिँदै गर्दा, विश्वकै अग्रणी उपभोक्ता इलेक्ट्रोनिक्स...

बजारमा पर्याप्त मात्रामा आउन थाल्यो नेपाली आँप

    काठमाडौं कुलेश्वरस्थित फलफूल बजारमा तराईका विभिन्न क्षेत्र, विशेषगरी लहान लगायतका क्षेत्रमा...

मोटरसाइकल दुर्घटनामा परे हर्क साम्पाङ

    श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ मोटरसाइकलबाट लडेका छन् । उदयपुरको...