दोश्रो कार्यकालका लागी राष्ट्रपतिमा उम्मेद्वारी दिदा बिद्याले यसरी दिइन पोज,ओलीविरुद्ध सर्वोच्चमा रिट



हाम्रो इकोनोमि

विद्यादेवी भण्डारीले भावी राष्ट्रपतिका लागि मनोनय दर्ता गराएकी छन्।
भण्डारीले आज निर्वाचनको सम्पर्क कार्यालय रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएकी हुन्।
भण्डारीको प्रस्तावकमा एमाले नेताहरु माधवकुमार नेपाल, भीम रावल, ईश्वर पोखरेल, सुवास नेम्वाङ र माओवादी केन्द्रकी नेतृ तथा पूर्व सभामुख ओनसरी घर्ती छन्। त्यस्तै समर्थकमा माओवादीका रामबहादुर थापा बादल, एमालेका विष्णु पौडेल, गोकर्ण विष्ट, भानुभक्त ढकाल र रवीन्द्र अधिकारी छन्।

उम्मेद्वारी दर्ताका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीपनि उपस्थित थिए।
राष्ट्रपतिमा उम्मेद्वारी दर्तापछि सञ्चारमर्कीसँग कुराकानी गर्दै भण्डारीले नयाँ संविधान कार्यानन्वय र त्यसका चुनौतीलाई मध्यनजर गर्दै दोस्रो पटक उम्मेद्वारी दिएको बताइन्।
यसअघि नेपाली काँग्रेसका तर्फबाट कुमारी लक्ष्मी राईले उम्मेद्वारी दर्ता गराइसकेकी छिन्।
नेपाली काँग्रेसकी कुमारी लक्ष्मी राईले नयाँ वानेश्वरस्थित संसद भवनमा राष्ट्रपतिको उम्मेद्वारी दर्ता गरेकी छिन्।

रार्इले चित्रलेखा यादव, मानबहादुर विश्वकर्मा, पार्वती डिसी चाैधरी, देवेन्द्र राज कणेल, सुरेन्द्र राज पाण्डेकाे प्रस्तावना तथा सुजता परियार, शिवचन्द्र चाैधरी, सरिता प्रसार्इ, राधा घले, मेखलाल श्रेष्ठकाे समर्थन गरेका छन्।

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले बुधबार राईलाई राष्ट्रपतिको उम्मेद्वार बनाउने निर्णय गरेको थियो। फागुन २९ गते राष्ट्रपतिकाे निर्वाचन हुँदैछ।

यता प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ।

संसद्को सपथ नलिई प्रधानमन्त्री बनेको भन्दै ओलीविरुद्ध रिट परेको हो। सपथ नलिएको व्यक्तिलाई संसदले नचिन्ने र त्यस्ता व्यक्ति प्रधानमन्त्री बन्न नसक्ने भन्दै अधिवक्ता यज्ञमणि न्यौपानेले रिट दायर गरेका हुन्।

रिटमाथि शुक्रबारका लागि पेशी तोकिएको छ।

एमालेका अध्यक्ष समेत रहेका ओली फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए। उनले त्यही दिन प्रधानमन्त्रीको लागि दाबी गरेका थिए र सपथ पनि लिएका थिए। प्रधानमन्त्री बनेपछि मात्रै उनी दलको नेतामा चयन भएका थिए।

सांसदको रुपमा भने ओलीसहित सम्पूर्ण सांसदहरुले फागुन २० मा सपथ लिएका थिए।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...