संसदमा देउवा र नेपालको रमाइलो घोचपेच,देउवाले ओलीलाई दिए दनक,माधबले भने-हनिमुन मनाउन किन नदिने?



हाम्रो इकोनोमि

काँग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार संसद बैठकमा ठट्यौली शैलीमा प्रस्तुत भए । बैठकमा माधव नेपाल पछि बोल्न पुगेका देउवाले सुरुमै प्रधानमन्त्री केपी ओलीलाई व्यंग्य गर्न भ्याए ।

सभामुख महन्थ ठाकुरले प्रतिपक्ष दलको नेताको हैसियतले आफ्नो धारणा राख्न समय दिएलगत्तै धारणा राख्न पोडियममा पुगेका देउवाले निर्वाचित सांसदहरुलाई बधाई दिए । त्यसपछि नयाँ सरकार र प्रधानमन्त्रीलाई बधाइ तथा सुभकामना दिने क्रममा देउवाले भने–हुन त केपी ओलीजीले मलाई चुनाव नै गराउनुहुन्न भन्नुहुन्थ्यो तर अहिले मैले गराएकै चुनावबाट प्रधानमन्त्री बन्नु भएको छ ,उहाँलाई र उहाँको नेतृत्वको सरकारलाई बधाइ तथा सुभकामना !

त्यस्तै देउवाले आफू अघि बोलेका माधव नेपाललाई पनि व्यग्य गरे । रचनात्मक प्रतिपक्ष आवश्यक रहेको नेता नेपालले बताएका थिए । जवाफमा देउवाले भने ‘हामी राम्रो काम गर्नेलाई सहयोग गर्छो तर माधव नेपाल जीले हामीलाई अलि बढि नै फकाउने प्रयास गर्नभयो, त्यो उहाको बाध्यता होला ।’

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले विपक्षीलाई रचनात्मक सहयोग गर्न आग्रह गरेका छन्। संसदमा नेकपा एमालेको तर्फबाट बोल्दै नेपालले धारणा राखेका थिए।

‘सरकारलाई हनिमुन पिरियड मनाउन नदिने’ भनेर देउवाले सोमबार दिएको अभिव्यक्तिप्रति नेता नेपालले यस्तो प्रतिक्रिया दिएका हुन्। ‘रचनात्मक प्रतिपक्षको अपेक्षा छ’, नेपालले भने, ‘तर हनिमुन पनि मनाउन दिन्नौं भन्ने हो भने परिणाम आफैंले भोग्नुपर्छ।’

उनले वाम शक्तिको काँधमा ठूलो जिम्मेवारी आएको पनि बताए। ‘वाम शक्ति आउँदैमा आत्तिनु पर्दैन’, नेपालले भने, ‘अधिनायकवाद लाद्छ कि चुनाव नै हुन दिँदैन कि भन्ने सोच्नु जरुरी छैन।’ नेपालले सरकारले सुशासन र न्यायको प्रत्याभूति दिनुपर्ने पनि बताए।

झण्डै दुई तिहाइको सरकार बन्न लागेको भए पनि अहंकार राख्ने कुरा नभएको नेपालले बताए।

देशमा विकासको आधारहरु तय भएको भन्दै उनले थपे, ‘देश विकासको पहिलो सर्त दिगो शान्ति हो, राजनीतिक स्थिरता हो। हामीले ती आधारहरु तयार गरेका छौं।’ चुनौतीलाई ध्यानमा राख्दै नेपाली जनताको भविष्य उज्जल बनाउन काम गर्नु आवश्यक रहेको उनको भनाइ थियो।

जनताले देशलाई बनाउने व्यक्ति खोजी गरिरहेको पनि उनले बताए। ‘सरकार अब सबै नेपालीलाई समेट्ने गरी विशेष योजना बनाएर अघि बढ्न जरुरी छ’, उनले भने, ‘उत्पादकत्व वृद्धि गर्नेतिर केन्द्रित हुनुपर्छ। त्यसका लागि पूर्वाधार विकासका सरकारले ध्यान दियोस्। फास्टट्रयाक, अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र जल विद्युत्तगृह निर्माण गर्ने कार्यले तीव्रता पा

प्रतिक्रिया दिनुहोस
१५ औं महाधिवेशन तयारीको जिम्मा सशांकलाई, गगनको कार्य समितिलाई मान्यता नदिने

    नेपाली कांग्रेसको शेरवहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले १५ औं...

भदौका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  भदौ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । साउनको...

मलाई अध्यक्षबाट हटाएर त देखाऊ, के हुन्छ : केपी ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अध्यक्षबाट हटाएर देखाउन खुला...

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन

    भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज (३१ साउन) समापन...