फोरमसँग सहमति हुनै लाग्दा ओलीलाई भारतीय राजदूतले हाने झटारो,राजपाले भारतलाई लगायो यस्तो पोल



हाम्रो इकोनोमि

शनिवारदेखि मधेशको राजनीतिमा एकाएक फेरबदल आएको छ । सत्तारुढ दल र संघीय समाजवादी फोरम नेपालबीच लगातार एक महिनादेखि हुँदै आएको वार्तामा नयाँ ‘ट्वीस्ट’ आएको छ । त्यो हो, राष्ट्रिय जनता पार्टी, नेपालको ‘पहल’ ।

फोरम नेपाललाई सरकारमा सहभागि गराउने विषयमा सत्तारुढ दल एमाले र माओवादी केन्द्रले गोप्य, अनौपचारिक, कार्यदलस्तर हुँदै औपचारिक छलफल गरे । तर, फोरम नेपालसँगको वार्ता निश्कर्षमै पुग्न लाग्दा चाहिँ प्रधानमन्त्री केपी ओलीले नयाँ संवाद शुर गरे ।

प्रधानमन्त्री ओलीले राजपा नेपालसँग वार्ता शुरु गरेका छन् । त्यसले मधेशको राजनीतिले ‘नयाँ मोड लिन’ सक्ने सम्भावना देखाएको छ ।

‘१६ गते विज्ञप्ति आउनु, १७ गते भारतीय राजदूतले प्रधानमन्त्रीलाई भेट्नु, १८ गते राजदूतले प्रधानमन्त्री ओलीलाई फोन गर्नु र १९ गतेदेखि राजपा नेपालसँग वार्ता हुनु संयोग मात्र होइन ।’ फोरम नेपालका एक नेताले विकसित घटनाक्रमवारे भने, ‘घटनाक्रम निकै रोचक देखिन्छन् ।’

त्यसो भए घटनाक्रम के थिए त ?

फोरम नेपालसँग वार्ता चलिरहँदा सत्तारुढ दलले राजपा नेपालसँग कुनै पनि संवाद गरेका थिएनन् । जब कि राजपा नेपालका नेताले पनि आफ्नो दलसँग वार्ता होस् भन्ने चाहना राखेका थिए । त्यसका लागि प्रयास पनि भएको थियो । तर, प्रधानमन्त्री ओलीले कुनै महत्व दिएका थिएन । राजपा नेपालसँग कुनै प्रकारको छलफल हुन सकेको थिएन् ।

फागुन ३ गते बसेको एमाले स्थायी समितिको बैठकले सरकारमा सहभागि गराउनका लागि राजपा नेपाल र फोरम नेपालसँग वार्ता गर्ने निर्णय गरेको थियो । जब कि फोरम नेपालसँग त्यसअघि देखि नै वार्ता शुरु भइसकेको थियो । तर, स्थायी समितिको निर्णयपछि पनि एमालेले राजपा नेपालसँग वार्ता गरेको थिएन ।

फोरम नेपालसँग सविधान संशोधन र मन्त्रालय बाँडफाँटको टुगों लाग्दै गर्दा प्रधानमन्त्री ओलीले राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरलाई बालुवाटारमा बोलाएर छलफल गरे ।

यो फागुन १९ गतेको दिन थियो । संयोग मान्नुपर्छ, त्यहीँ दिन फोरम नेपालसँग छलफल हुने तय भएको थियो । तर, वार्ता भएन ।

फोरमसँग वार्ता नभएपनि प्रधानमन्त्री ओलीले राजपा नेपालसँग वार्ता गरे । यसपछि फोरम नेपाल झस्केको छ । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव त्यस दिन दिन विराटनगर थिए ।

उनी आउन ढिला भएको भन्दै बैठक स्थगित गरिएको थियो ।

‘राजपा नेपालसँग वार्ताको कुनै शुरुसार नै थिएन । तर, एकाएक कसरी सम्भव भयो यो वार्ता ?’ राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादव भन्छन्, ‘वामपन्थी सरकारलाई विश्वासको मत लिनुपर्ने भएकाले हामीसँग वार्ता शुरु गरेको हो । प्रधानमन्त्रीजीले हामी मिलेर काम गरौँ, तपाईंहरु पनि सरकारमा आउनुपर्छ भन्दै हामीसँग वार्ता शुरु गर्नुभएको हो ।’

यो अचानक कसरी भयो ?

उनले भने, ‘अचानक होइन, विभिन्न नेताहरुसँग अनौपचारिक छलफल पहिलादेखि नै हुँदै आएको थियो । तर, प्रधानमन्त्री ओलीले पार्टीका संयोजक महन्थ ठाकुरलाई बोलाएर छलफल गरेका हुन् । ’
तर, उच्च स्रोत भन्छन्, कुरा त्यति मात्र होइन ।

माओवादी र एमालेले फोरम नेपालसँग वार्ता टुंगाउन लागेपछि भारतीय दूतावास पनि सक्रिय भयो । दुतावासले प्रधानमन्त्री ओलीलाई फोन गरि राजपा नेपालसँग पनि छलफल गर्न सुझाव दिएको राजपा स्रोत बताउँछ ।

स्रोतका अनुसार फोरम नेपाललाई मात्र सरकारमा लिएर समस्या समाधान नहुँने देखिएकाले राजपा नेपाललाई पनि समेटेर सरकार बनाउन सुझाव नेपालका लागि भारतीय राजदूत मन्जिम्भ सिंह पुरीले दिएका थिए ।

राजपा नेपालका नेताहरुले विभिन्न मञ्चमा सरकारले आफूहरुसँग वार्ता नगरेको टिप्पणी गरिरहेका थिए । यहाँसम्म कि राजपाका नेताहरुले फोरम नेपाल मात्र मधेशको ‘स्टेकहोल्डर’ नभएको भन्दै राजपाविना मधेशका मुद्दा हल नहुँने चेतावनी नै दिएका थिए ।

सत्तारुढ दल र फोरम नेपालबीच फागुन १७ गते बालुवाटारमा वार्ता चलिरहेकै बेला मन्जिम्भ सिंह पुरी आफ्ना श्रीमतीसहित त्यहाँ पुगेका थिए ।

अर्कोदिन प्रधानमन्त्री ओलीसँग मन्जिम्भ सिंह पुरीले फोनमा कुराकानी गरे ।

त्यसपछि फागुन १९ गते ओलीले राजपा नेपालसँग वार्ता शुरु गर्यो ।

त्यसैगरि, मन्जिम्भ सिंह पुरीले प्रधानमन्त्री ओलीलाई भेट्नु भन्दा एकदिन अगाडि अर्थात फागुन १६ गते राजपा नेपालले एउटा विज्ञप्ति जारी गरेको थियो । विज्ञप्ति फोरम नेपाल र सरकारबीच चलिरहेको वार्ताप्रति लक्षित थियो ।

आदिवासी जनजाति, मुस्लिम, मधेशवादी दलले उठाएको माग पूरा हुने गरि संविधान संशोधन तथा झुठा मुद्दा फिर्ता, बन्दी रिहाय लगायतको विषयहरु अविलम्ब सम्बोधन हुने गरि वातावरण बनाउन प्रयास गर्न विज्ञप्तिमार्फत सरकारसँग माग गरेको थयो ।

प्रधानमन्त्री अ‍ोलीले शनिवार, आइतवार र सोमवार गरि तीन दिन राजपा नेपालसँग वार्ता गरेका हुन् ।

सरकारसँग वार्ता शुरु भएसँगै राजपा नेपाल पनि आन्तरिक छलफल शुरु गरेको रातो पाटिले उल्लेख गरेको छ ।

सोमवार राजपा नेपालको पनि बैठक बसेको थियो ।

राजपा नेपालको अडान यथावत् छ ।

सो दलका प्रवक्ता एवं महसचिव केशव झाले भने, ‘सविधान संशोधन नभएसम्म राजपा नेपाल सरकारमा जाँदैन । हाम्रो बटमलाईन त्यही हो । सरकारलाई अहिले विश्वासमत लिनुपर्ने भएकाले हामीलाई फकाउने जस्तो गरेको छ । त्यही भएर हामी त्यसमा सचेत छौँ ।’

प्रतिक्रिया दिनुहोस
सबै काण्डको फाइल खोल्न एमालेको चुनौती

    नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले अर्थमन्त्री स्वर्णिम वाग्लेको आलोचना गरेका...

विश्वप्रकाश र कृष्ण सिटौलाबीच वार्ता

    नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र इतर पक्षका नेता कृष्णप्रसाद सिटौलाबीच...

रास्वपाकी सांसद भट्टराईलाई कारबाही हुनसक्ने

    रास्वपाकी समानुपातिक सांसद सृष्टी भट्टराई आफैँले अपलोड गरेको एउटो भिडिओका कारण...

एमालेलाई डिजिटल शक्तिमा लान नसक्दा गम्भीर धक्का : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मानव स्रोतलाई डिजिटल शक्तिमा लान...