ओलीका सेलिब्रेटी मन्त्री भन्छन-दुई दिनमा सरकारले पूर्णता पाउछ,फोरम र राजपा मात्र होइन कांग्रेस समेत सरकारमा आउछ



हाम्रो इकोनोमि

जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले फोरम र राजपालाई सहभागी गराएर भोलि वा पर्सीसम्म मन्त्रिमण्डल विस्तार हुने स्पष्ट पारेका छन् ।
रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री पण्डितले एक/दुई दिनभित्रमै सरकार विस्तारको प्रयास भइरहेको बताउँदै ढिलोमा एक हप्ताभित्रमा पूर्णता दिने बताए ।

संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीलाई सरकारमा ल्याउने विषयमा छलफल भैरहेको जानकारी दिदै मन्त्री पण्डितले सकेसम्म दुवै दललाई सरकारमा सहभागी गराउने बताए ।

मन्त्री पण्डितले फोरम र राजपासँग धेरै कुरामा सहमति भैसकेको र स–साना कुरा मिल्न मात्रै बाँकी रहेको स्पष्ट पारे ।

मन्त्रालय व्यवस्थापनका कारण पनि सरकार विस्तार प्रभावित भएको उनले बताए । “१३ वटा मन्त्रालय घटाएर ३० बाट १७ वटा बनाइएको छ । विभिन्न विभाग र निकाय व्यवस्थापन हुँदैछ ।” उनले भने ।

मन्त्री पण्डितले अहिलेको अवस्थामा प्रतिपक्षको आवश्यकता नरहेको भन्दै कांग्रेसलाई पनि सरकारमा आउन आग्रह गरे ।

“कांग्रेस सभापति शेरबहादुर देउवाले मन्त्रीको नाम पठाउनुस्, हामी सरकारमा सहभागी गराउँछौँ । कोही पनि प्रतिपक्षमा बस्न नपरोस भन्ने हाम्रो चाहना छ ।” उनले भने । आफूहरुले कांग्रेसलाई पनि सरकारमा सहभागी गराउनेगरि गृहकार्य गरेको उनको भनाई थियो ।

अब देशलाई विकास र सुशासनको दिशामा लैजानुपर्ने भएकाले कोही पनि सरकार बाहिर बस्न आवश्यक नरहेको उनको तर्क थियो ।

मन्त्री पण्डितले देशभरिका प्रमुख शहरहरुको प्रदुषण हटाउनका लागि आफू लागिपरेको बताए ।

मन्त्री पण्डितले धेरै वर्ष लागेर बिग्रिएको काठमाण्डौंको वातावरण एकै रातमा ठीक पार्न नसकिने भन्दै देशभरिका प्रमुख शहरहरुमा एक वर्षभित्रमा माक्स लगाउन नपर्ने गरी काम सुरु गरेको विश्वास दिलाए ।

धुलो नियन्त्रणका लागि अन्य विकास निर्माणका काम गरिरहेका निकायसँग समन्वय गर्दै दिनमा चारपटक पानी हालेर धुलो मार्ने काम सुरु भइसकेको पनि उनले जानकारी दिए ।

धुवाँधुलो हुनुको ९० प्रतिशत कारण डिजेलबाट चल्ने गाडी भएकाले वैशाख १ गतेदेखि महानगरपालिका र उप–महानगरपालिकामा हरियो स्टिकर नलगाएका गाडीलाई प्रवेश निषेध गरिने उनले बताए ।

किनेर वा गलत तरिकाले हरियो स्टिकर लिएर प्रयोग गरेको पाइए त्यस्तो स्टिकर दिने कर्मचारी र गाडी मालिकलाई कारबाही गरिने उनले कडा चेतावनी दिए ।

‘कतिपय उद्योग, जसले धुवाँ फालेका छन, तिनलाई धुवाँ धुलो नियन्त्रण गर्ने व्यवस्था गर्न निर्देशन दिइएको छ’–उनले भने ।

त्यसैगरी प्लाष्टिकका झोला उत्पादन र आयातमा रोक लगाइने पण्डितले बताए ।
माटोमा कुहिने खालका प्लाष्टिक मात्रै प्रयोग गर्न दिईने उनको भनाई छ ।

एक वर्षभित्र देशका प्रमुख शहरमा धुवाँ धुलोकै कारण माक्स लगाउनुपर्ने अवस्थाको अन्त्य गर्नै उनको दाबी छ ।

काठमाण्डौमा धनी, बुद्धीमानी मानिस बसेपनि प्रदुषण भने बढाएको आरोप लगाउँदै पण्डितले भने,‘राम्रा, शिक्षित, धनी सबै काठमाण्डौमा बस्छन्, तर देखेर सिकेर पनि परिवर्तन हुन सकेन । स्वस्थ नबनेर जीवन घटाइरहेका छन्”–पण्डितले भने ।

प्रतिक्रिया दिनुहोस
एमाले पुनर्गठन हुन्छ, सबै अटाउँछन् : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेकपा एमाले पुगर्नठनको बाटोमा रहेको र...

गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...