राष्ट्रपतिमा बिद्याको नाम अनुमोदन गराउन ओलीले बोलाए बैठक,उपेन्द्र यादवले यसरी हौस्याए ओलीलाई



हाम्रो इकोनोमि

राष्ट्रपति छनोटका सम्बन्धमा निर्णय गर्न एमाले स्थायी समितिको बैठक मंगलबार अपरान्ह हुने भएको छ।
यसका लागि अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी समितिको बैठक डाकिएको छ।

यसअघि नै एमाले–माओवादी केन्द्रले राष्ट्रपति–उपराष्ट्रपतिको भागबण्डा टुङ्ग्याइसकेका छन्।
त्यसमध्ये एमालेको भागमा परेको राष्ट्रपतिको नाम टुङ्ग्याउन प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी समितिको बैठक बोलाएका हुन्।
प्रधानमन्त्री ओली राष्ट्रप्रमुखमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै दोहोर्‍याउन चाहन्छन्।

यता एमाले–माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपालबीच आज पनि कुनै सहमति हुन सकेन् । फोरमलाई सरकारमा सहभागी गराउनको लागि सत्तारुढ दल एमाले र माओवादी केन्द्रले कसरत गरिरहेका छन् । तर, मन्त्रालय भागण्बडामा कुरा नमिलेपछि आजको बैठकमा पनि सहमति हुन नसकेको स्रोतको दाबी छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा आज निकै गम्भिर छलफल भएको थियो । तर, बैठक मन्त्रालय बाँडफाँडमै अड्किएको थियो । फोरमले आफूहरुलाई कम्तिमा पनि ३ मन्त्रालय दिनुपर्ने माँग गरेको छ ।

तर, सत्तारुढ दलले २ वटामात्रै दिन सकिने भन्दै सोही अनुसारको अफर फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई गरेका छन् । बैठकपछि संक्षिप्त कुराकानी गर्दै अध्यक्ष यादवले भने,‘कुरा सबै भयो, तर केही टुग्गिएन।’ यद्धपी उनले आजको बैठक सकारात्मक भएकोले आफूले कुनै आलोचना गर्न नचाहेको सुनाए ।

आजै भएको एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लामो समय कम्युनिस्टको सरकार चल्ने दावी गरेका छन्।

सोमबार ४५ औं सहिद स्मृति दिवसका अवरमा पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले केन्द्र, प्रदेश र स्थानीयतहसम्मै कम्युनिस्टहरुका सरकार रहेको हुँदा कम्युनिस्ट सरकार भन्ने बानी पार्नुपर्ने बताए।

‘केन्द्र, प्रदेश र स्थानीय तहसम्मै कम्युनिस्टको सरकार छ, त्यसैले एमाले पहिलो पार्टी, कम्युनिस्ट पार्टीको सरकार, कम्युनिस्ट पार्टीको प्रदेश र स्थानीय सरकार भन्ने बानी बसाउनुपर्छ’, उनले भने।

एमालेका बारेमा भ्रम सिर्जना गरेर वामपन्थी एकता भाँड्न केही शक्तिहरु लागि परेको भन्दै प्रधानमन्त्री ओलीले त्यो दिवा सपना मात्रै हुने बताए। एमाले एकतामा इमान्दार रहेको भन्दै उनले एमालेका नेता पार्टी एकताको विपक्षमा रहेको भन्नु कु–प्रचारमात्रै भएको दावी गरे।

एमाले इतिहास बोकेको र अनुभवले खारिएको पार्टी भएका कारण प्रतिक्रियावादीको पासोमा मुसो झैँ नफस्ने उनको भनाइ थियो।

उनले एमाले र माओवादी केन्द्रबीचको एकता असफल पारेर पुनः प्रतिक्रियावादी सत्ता स्थापना गर्ने सोचाइ राख्नु भनेको सपनामा चकलेट खाए बराबर हुने बताए।

‘सपना चकलेट खाएको देख्यो, व्युझिँदा मुख गुलियो हुँदैन’, प्रधानमन्त्री ओलीले भने,’ कम्युनिस्लाई फुटाएर आफ्नो शासन चलाउन सकिन्छ भन्ने कसैले सोचेको छ भने त्यसको हविगत सपनाको चकलेट जस्तै हुन्छ।’

नेकपा एमालेले पञ्चायती सरकारले ०२० साल फागुन २१ गते सुखानीको जंगलमा हत्या गरेका योद्धाहरुको सम्मानमा हरेक वर्ष फागुन २१ गते सम्मान कार्यक्रममा आयोजना गर्दै आइरहेको छ। पञ्चायति सरकारले रामनाथ दाहाल, वीरेन राजवंशी, कृष्ण कुइँकेल, नेत्र घिमिरे र नारायण श्रेष्ठलाई सुखानीको जंगलमा गोली हानी हत्या गरेको थियो।
अध्यक्ष ओलीले आफू सहिदले देखाएको बाटोमा लाग्ने र देश र जनतालाई कहिल्यै धोका नदिने प्रतिवद्धता समेत व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

    ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको...

पहिरोले पुरिएर स्याङ्जामा एक जनाको मृत्यु

    अविरल वर्षापछि आएको पहिरोमा पुरिँदा स्याङ्जामा एकजनाको मृत्यु भएको छ ।...

मीटरब्याज पीडितहरू र गृहमन्त्रीको वार्ता निष्कर्षविहीन

     मिटरब्याज पीडितहरूको काठमाडौं केन्द्रित पैदल न्याय मार्च तीन दिनदेखि बाराको निजगढमै...

गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...