कांग्रेस संसदीय दलमा देउवा र सिह भिड्दै, कस्ले मार्ला बाजी



हाम्रो इकोनोमि

सर्वसम्मतिको प्रयास असफल भएपछि नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न मतदान भईरहेको छ ।  सिंहदरबारस्थित संसदीय दलको कार्यालयमामा विहान १० बजदेखि १ बजेसम्म मतदान हुने छ ।

संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंह प्रतिस्पर्धामा उत्रिएका छन्। सिंहलाई पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहको समेत समर्थन छ । दुवै उम्मेदवारले मतदान गरिसकेका छन् भने अन्य मतदाताले मतदान गरिरहेका छन् । सभापति देउवा र पूर्वमहामन्त्री सिंहले आइतबार साँझ संसदीय दलको नेताका लागि आ–आफ्नो दलबलसहित उम्मेदवारी दर्ता गराएका हुन् ।

देउवाले साँझ ६ बजे र सिंहले त्यसको आधा घण्टापछि उम्मेदवारी दर्ता गराएका थिए । प्रतिनिधिसभामा कांग्रेसका ६३ सांसद छन् । देउवाको उम्मेदवारी वारेसनामाबाट नेता बालकृष्ण खाँडले दर्ता गराएका थिए । देउवाको उम्मेदवारीमा प्रस्तावक विजयकुमार गच्छदार र समर्थक मानबहादुर विश्वकर्मा छन् । सिंहको प्रस्तावकमा भने कोषाध्यक्ष सीतादेवी यादव र समर्थकमा सञ्जयकुमार गौतम छन् ।

द्वन्द्व निर्देशक राजेन्द्र खड्गी जेल चलान

द्वन्द्व निर्देशक राजेन्द्र खड्गी जेल चलान भएका छन् । जिल्ला अदालत काठमाडौंले खड्गीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । उनीमाथि कलाकारको नाममा विभिन्न व्यक्तिलाई अवैध रुपमा दक्षिण कोरिया पुर्‍याएको आरोप छ । उनलाई अहिले केन्द्रीय कारागार, सुन्धारामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...